सिम्रौनगढ़ नगरपालिकामा प्रशासकीय अधिकृत जयसवाल हाजिर

रामबाबु मेहता असार १०-
बाराको सिम्रौनगढ नगरपालिकाकमा आज प्रमुख प्रशासकीय अधिकृतको रुपमा हरिओम प्रसाद जयसवाल हाजिर भएका छन् ।
प्रशासन मन्त्रालयले जयसवाललाई सिम्रौनगढ़ नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएपछि उनी सोमवार नगरपालिकामा हाजिर भएका हुन् ।
प्रमुख प्रशासकीय अधिकृत जयसवाललाई नगर उप प्रमुख नजमु शेहरले हाजिर गराइन सो अवसरमा वडा अध्यक्ष अजिउल्लाह अंसारी, सुरेन्द्र जयसवाल, रामएकबाल यादव लगायत बिभिन्न शाखा प्रमुख र कर्मचारीहरुले पालिकामा स्वागत गरेका छन् ।
यस अघि केही महिना अगाडि सिम्रौनगढ़ नगरपालिकामा जय नारायण यादवले प्रमुख प्रशासकीय अधिकृतको सम्हालेका थिए र उनले सबै जन प्रतिनिधिको सहमतिमा अषाढ ९ गते शनिवार ९ औं नगर सभा सम्पन्न गराएका थिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस





