पचरौताको बिकास योजना देखेर विपक्षी सलबलाए : प्रवक्ता लक्ष्मी यादव

मुकेश मेहता ,सिम्रौनगढ। बाराको पचरौता नगरपालिकाको बिकासको योजनाहरु देखेर केही विपक्षी सलबलाएको सो नगर पालिकाका प्रवक्ता लक्ष्मी यादवले पत्रकार सम्मेलन गरी आरोप लगाएका छन । पचरौता नगरपालिकाको आ ब ०८१/०८२ को पचास प्रतिशात बजेट शिक्षामा बिनियोजित गरिएको छ , बांकी बजेट भौतिक पुर्वाधार ,कृषि , स्वास्थ तर्फ बिनियोजन गरि पचरौता नगरपालिकाले बिकासको गति तिब्र रुपमा बढेको देखेर केही ब्याक्तीलाई डाह भएको यादवले आरोप लगाए । बिकास निर्माणकात्यस्ता बाधक तत्वलाई पचरौता नगरबांसिले अगामी स्थानीय तहको निर्वाचनमा तह लगाउने उनले समेत प्रवक्ता यादवले बताए । सोमबार पचरौता नपा ७ बेनौली स्थित आयोजना गरिएको सो पत्रकार सम्मेलन कार्यक्रममा पचरौताको बिकास निर्माणकार्य ,दीर्घकालीन योजनाको बारेमा जानकारी दिदै प्रवक्ता यादवले बिकास निर्माणको क्रममा सार्वजनिक जग्गामा निर्माण हुन लागेको नालाको बिषयमा भएको टीका टिप्पणी निरधारा भएको बताए । आफुहरु कानुन संवत् बिकासको कार्य अगाडि बढाएका छौ यश कार्यमा कि त सहयोग गरौ या जसको चित नबुझे अदालतको सहारा लिनजाउ भने आग्रह गरेका थिए । पचरौता नगरपालिकाले शिक्षा क्षेत्रको बिकास कार्यक्रम बिबिन्न बिधालय को भौतिक संरचनाकि बिकास एम बि बि एस तथा इन्जिनियरिङ्ग पढने छात्र छात्रालाई छात्रवृत्ति प्रदान , १२कक्षा पढ्नका लागि पुर्ण छात्रवृत्ति यस्तै किसानका लागि कृषि मिटर निशुल्क र बिजुली बिल नगर पालिकाले तिर्ने ,नगर अस्पताल निर्माणको हुदै , सेवाग्राहीको सेवा लगायतको क्षेत्रमा पचरौता नगरबांसिले सुशासनको अनुभुती देखेपछि केही बाधक तत्वहरु सलबलाएको बताए । त्यस बाट पचरौता नगरपालिकाको बिकास निर्माणकार्य अवरुद्ध नहुने ठोकुवा गर्नु भएको थियो ।