एमाले बाराले ८ सुत्रिय माग राख्दै सीडीओ लाई बुझाए ज्ञापन पत्र

२३ श्रावण ,बाराः नेकपा एमाले बाराले विभिन्न ८ सुत्रिय माग सहित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय, काठमाण्डौमा ज्ञापन पत्र बुझाएको छ । मंगलबार जिल्ला प्रशासन कार्यालय बारा मार्फत बुझाईएको ज्ञापन पत्रमा सुख्खाबाट प्रभावित किसानका लागि राहतको व्यवस्था गर्न माग गरिएको छ । यसैगरी लम्पि स्किन रोकबाट भएको क्षतिको विवरण तयार गरी किसानलाई उचित क्षतिपूर्तिको व्यवस्थागर्न सरकारसँग माग गरिएको छ । यस्तै आँखा पाक्ने रोगको प्रकोप बढेकोले त्यसलाई नियन्त्रण गर्न विशेष कार्यक्रम र योजना ल्याउन भनिएको छ । समयमै मलखादको उचित व्यवस्था गर्न र शान्तिसुरक्षाको अवस्था खस्किँदै गएकोले त्यसलाई सुदृढ गरियोस् ज्ञापन पत्रमा भनिएको छ ।
एमाले जिल्ला सचिव अध्यानन्द पाण्डेद्वारा हस्ताक्षरित ज्ञापनपत्र सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यलाइ बुझाइएको थियो । सो पत्रमा किसानले उत्पादन गरेको गरेको तरकारी, खाध्यन्न, दूध, फलफुल र माछाको खरिद बिक्री केन्द्र स्थापना गर्न समेत माग गरिएको छ । उखु किसानले सरकारबाट पाउने अनुदान रकम ऐलेसम्म पनि नपाएकोले तुरुन्त उपलब्ध गराउन भनिएको छ । भने कृषि प्रयोजनका लागि कृषि मिटर निशुल्क उपलब्ध गराइयोस भनी माग गरिएको छ ।
ज्ञापन पत्र बुझाउनेमा एमालेका बारा जिल्ला सचिव अध्यानन्द पाण्डे , केन्द्रीय सदस्यहरु बलबीर चौधरी, एकवाल मियाँ, प्रदेश कमिटी सदस्य मनोज पौडेल उमेश गुप्ता, जिल्ला कमिटीका भुलन चौधरी,शर्मा बैठा,भोला अधिकारी,अमृतलाल श्रेष्ठ, रमेश चौधरी पुरुषोत्तम साह, लगायतको उपस्थिती रहेको थियो ।






