बारामा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

बारा, बाराको जीतपुरसिमरा उपमहानगरपालिका(१ पथलैयामा मोटरसाईकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ ।
बा ७५ प ५४५१ नम्बरको मोटरसाइकलले पैदलयात्रीलाई ठक्कर दिदा मोटरसाइकल चालकको मृत्यु भएको हो ।
मृत्यु हुनेमा जितपुरसिमरा उपमहानगरपालिका (१ बस्ने ३० वर्षीय आदेश लामा रहेको प्रहरीले जनाएको छ ।
बिरगंज स्थित वयोधा अस्पतालमा घाईते भएका पैदलयात्रीको उपचार भैइ रहेको ईलाका प्रहरी कार्यालय सिमराका प्रहरी नायब उपरीक्षक चिरञ्जीवी ढकालले जानकारी दिएका छन् । घटनाको थप विवरण आउन बाकि रहेको उनले बताए ।
आफ्नो प्रतिक्रिया दिनुहोस