झण्डै डेढ अर्बको बजेट प्रस्तुत गर्दै कलैयाको १३ औ नगर सभा सम्पन्न
रामबाबु मेहता, अषाढ १०
आर्थिक वर्ष २०८१ र ०८२ को लागि झण्डै डेढ अर्बको बजेट प्रस्तुत गर्दै आज बाराको कलैया उपमहानगरपालिकाको १३ औ नगर सभा सम्पन्न समपन्न भएको छ ।
शैक्षिक प्रशासनिक पर्यटकिय शहर स्वच्छ समुन्नत कलैया नगर कृषि र पुर्वाधार समृद्ध कलैयाको आधार” भने मुल नारा का साथ कलैया उपमहानगरपालिकाको १३ औ नगर सभा होटेल करण राज प्यालेसमा समपन्न भएको छ ।

नगरसभामा नीति तथा कार्यक्रमलाई उप मेयर रौषन प्रविणले प्रस्तुत गरेकी थिईन । उप मेयर प्रवीणले कलैयाको उपमहानगरपालिकाको आव २०८१ र ०८२ को लागि बिभिन्न शिर्शकमा खर्चहुने गरि १ अर्ब ५१ करोड ९१ लाख ३३ हजारको बजेट प्रस्तुत गरेकी छन ।
सो सभालाई नगर प्रमुख बिनोद साहले कलैयाको बिकासकालागी कसैको प्रभाव वा दबाब बाट कलैया सरकार पछि नहट्ने बताउदै यसका लागि नगर बासिले समेत साथ दिइरहेको बताएका बताएका हुन । आफुले कलैया बजारको कायापलट गरिरहेको र सो कार्यमा नगरबासी आफ्नो साथमा देखिएको बताए । सोही अवसरमा नगर प्रमुख साहले चैत्र मसान्त भित्रै मानवत मटिअर्वाको ३ किलो मिटर बाटो बनाउने कार्य सम्पन्न हुने समेत बताए ।

सो अवसरमा उपमहा नगरपालिकाका उत्कृष्ट करदाता,जग्गादाता, कर्मचारी, तथा उत्कृष्ट शिक्षकहरुलाई नगद सहित सम्मान पत्रले सम्मानित गरिएको छ ।
सभामा उपस्थित सबैलाई स्वागत गर्दै प्रमुख प्रशासकिय अधिकृत नाथु साहले हालको आर्थिक मन्दिका बेला पनि सबै जनप्रतिनिधी र स्थानियएको चाहना अनुसारको बजेट ल्याएकोमा धन्यवाद दिए । सो नगर सभाको संचालन जिन्सी शाखा प्रमुख नरोतम अधिकारीले गरेका थिए ।





