डिजे साउण्ड सर्भिस बजाउन माग गर्दै बारामा पत्रकार सम्मेलन

चैत ७
दास पन्नालाल
जिल्लमा डिजे बजाउन दिनु पर्ने माग गर्दै साउण्ड सर्भिस एण्ड डिजे समन्वय समिति बाराले बुधवार कलैयामा पत्रकार सम्मेलन गरेका छन्। लाखौको लगानी डुब्न थालेकोले वैकल्पिक व्यवस्था सहित डिजे बजाउनको लागि प्रहरी प्रशासन आगरह गरेका छन्। निश्चित क्षेत्र तोकि बेस रहित कम अवाजमा दुईटा बक्सालाई बजाउन अनुमातिको माग गरिएको छ। समितिका संयोजक होम साउन्ड सर्भिसका प्रोप्राईटर ललन साहले ऋण लिएर १० देखि २० लाख सम्म लगानी रहेको जिल्लामा ४० जति डिजे साउण्ड सर्भिस एकत्रित भई यस्तो माग गरेका छन्।
साउण्ड सर्भिस हिन्दु धार्मिक गतिविधि पुजा पाठ विवाह बहुभोज सभा सम्मेलन उदघाटन लगायत राजनिति भाषण चुनावी सभामा प्रयोग हुँदै आएको छ। विवाहको लागि बरबधुको लागि मटकोर पुजा सट्टापेटी बाधिएकोमा प्रहरी कार्यालयले प्रतिबन्ध लगाएपछि सट्टा नगरेकोमा दण्ड जरिबाना खेप्नु परेको बताएका छन्। पहिला साउण्ड बजाउन रोक थिएन निरॐवाद बज्ने गरेकोले लगानी रोजगारी पनि जोडिएकोमा अब प्रतिबन्धले मर्कमा परेको भन्दै सिमित अवाज रसानो बक्सा सहित विधालय , अस्पताल लगायत प्रतिकुल प्रभाव पार्ने क्षेत्रमा निषेध गरि वैकल्पिक व्यवस्था गरि आफुहरुले बजाउन पाउनु पर्ने माग गर्दै आग्रह गरेका छन्। चर्को अवाजमा डिजे साउण्ड सर्भिसले धवनी प्रदुषण फैलाई रोगी र विद्यार्थी लगायत दुषित वतावरण बनाएको भन्दै गृह मन्त्रालयको निर्देशनमा प्रहरी कार्यालयले डिजे साउण्ड सर्भिस बजाउन रोक लगाएको सार्वजनिक सुचना जारि गरेको हो सुचना अटेर गर्नेलाई दण्ड जरिबाना सहितको उल्लेख छ।यसको उल्ङघन गर्ने मालिक सहित डिजे गाडि सहित प्रहरीले समाईसकेको अवस्था छ।





