गढीमाइ यूथ सोसाइटी द्धारा निशुल्क आँखा शिविर तथा रक्त दान कार्यक्रम

बरियारपुर, पुष ९
बाराको महागढीमाई नगरपालिकामा शनिवार निशुल्क आँखा शिविर तथा रक्तदान कार्यक्रम सम्पन्न भएको छ । गढीमाइ यूथ सोसाइटीको आयोजना तथा महागढीमाई नगरपालिकाको आर्थिक सहयोगमा सञ्चालन गरिएको उक्त शिविरमा ३ सय १२ जना महिला पुरुषहरुको आँखा चेकजाँच तथा औषधी वितरण गरिएको आयोजक संस्थाका सचिव ज्ञान प्रसाद रौनियारले जनाएको छ
।

यस्तै सोही कार्यक्रममा ३७ जना महिला पुरुषले रक्तदान पनि गरेका छन् । निशुल्क आँखा शिविर सञ्चालन,रक्तदान कार्यक्रम र जेष्ढ नागरिक स्वास्थय बिमा कार्यक्रमलाई सुरुवात गर्न गरिएको उदघाटन कार्यक्रम सोसाइटीका अध्यक्ष सोनु कुमार गुप्ताको अध्यक्षता तथा महागढीमाई नगरपालिकाका उपमेयर तारा देबी साह कानुको प्रमुख आथित्मा सम्पनन भएको छ । उक्त कार्यक्रममा जसपाका केन्द्रिय सदस्य रामबाबु यादव,जनमत पार्टीका रामाशंकर प्रसाद कुशवाहा, प्रधानाध्यापक राधाकृष्ण प्रसाद यादव, महागढीमाई न.पा. वाडा नम्बर २ का वाडाअध्यक्ष बिश्वनाथ प्रसाद कुशवाहा,वाडा नम्बर ६ का गेनालाल प्रसाद यादव, शिवेन्द्र प्रताप सिंह, वाडा नं १० का चन्दन साह,लगायत बिभिन्न शैक्ष्कि संस्थाका प्रधानाध्यापक किसान तथा सञ्चारकर्मीहरुको सहभागिता रहेको थियो ।





