मिलन राष्ट्रिय दैनिकको सातौं वार्षिकोत्सव सम्पन्न

साउन ११ गते,बारा। मिलन राष्ट्रिय दैनिकले आफ्नो सातौं वार्षिकोत्सव एक समारोहका बीच कलैयास्थित दालचिनी क्याफेमा भव्यताका साथ मनाएको छ।
सो वार्षिक उत्सव कार्यक्रमका प्रमुख अतिथि नेपाल पत्रकार महासंघ, बाराका अध्यक्ष रमेश सुवेदीले स्थानीय पालिकाहरूले सञ्चारमाध्यमलाई दिइने भुक्तानी रोक्नु लोकतन्त्रमाथिको प्रहार भएको कडा टिप्पणी गर्नुभयो। “पालिकाहरूले इन्धन र खाजामा लाखौं रुपैयाँ खर्च गर्न सक्ने तर पत्रिका, एफएम र अन्य मिडियाको भुक्तानी रोक्नु लोकतन्त्रको घाँटी निमोठे सरह हो,” अध्यक्ष सुवेदीले भन्नुभयो। उहाँले सञ्चारमाध्यमको भुक्तानी रोक्दा प्रेस स्वतन्त्रता र लोकतन्त्र नै कमजोर हुने बताउनुभयो। राज्ले दिने बिज्ञापन सुबिधाहरु कटौती गरेको बताउनु भयो । अग्र पंक्तिमा उभेर पत्रकारहरु काम गर्दै आएको अवस्था छ तर संचार जगतले सम्पुर्ण थोक पाउन सकेको अवस्थ छैन । मधेस प्रदेश सरकारले समेत स्थानीय टि भि पत्र पत्रीकालाई समेत बेवास्ता गरेको अध्यक्ष सुबेदिले आरोप लगाए ।
पत्रिकाका प्रकाशक बृजमोहन कुशवाहाको अध्यक्षतामा सम्पन्न उक्त समारोहमा महासंघ बारा उपाध्यक्ष पन्नालाल दास, पुर्व उपाध्यक्ष राकेश पाण्डे र रामबाबु मेहताले शुभकामना मन्तव्य व्यक्त गर्नुभएको थियो। उहाँहरूले मिलन राष्ट्रिय दैनिकले निष्पक्ष र प्रभावकारी पत्रकारिता गर्दै आएकोमा प्रशंसा गर्दै आगामी दिनमा अझ प्रगति गरोस् भन्ने कामना गर्नुभयो।
कार्यक्रमको सञ्चालन पत्रिकाका कार्यकारी सम्पादक नरेश गुप्ताले गर्नुभएको थियो। उहाँले उपस्थित सबैलाई धन्यवाद ज्ञापन गर्दै पत्रिकालाई निरन्तर सहयोग गर्न आग्रह गर्नुभयो। वार्षिकोत्सव समारोहले पत्रिकाको सात वर्षको यात्रालाई समीक्षा गर्दै आगामी दिनका लागि नयाँ ऊर्जा र प्रेरणा प्रदान गरेको आयोजकले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close