सिम्रौनगढ नपा मातहदका सबै कार्यालयको कामकाज आइवारबाट

कलैया – तीन बुन्दे सहमति सहित सिम्रौनगढ नगरपालिकाको बिवादको टुङ्खो लागेको प्रमुख जिल्ला अधिकारी नवराज सापकोटाले जनाएका छन् ।
केही महिनादेखि बिबादित रहदै आएको तथा बिवादले बन्द हडताल देखि ढुङ्खामुडा हुदै हिंसात्मक हुदै गएको आन्दोलनले एकजना गरिब परिवारको यूवकको ज्यान गए पछि बल्ल शुक्रवार सिम्रौनगढ नगरपालिकाको कर्मचारीको बिवादको टुङ्खलागेको छ । बाराका प्रमुख जिल्ला अधिकारी सापकोटाको अध्यक्षतामा उहाकै कार्यकक्षमा बसेको बैठकमा तीन बुन्दे सहमति भएको छ । सो छलफलमा प्रजिअ सापकोटाले स्थानीय अस्पतालमा सिटामोल नपाउने, गरिबका छोराछोरी पढ्ने सरकारी विद्यालय बन्द गर्ने यस्ता जनप्रतिनिधिलाई आगामी चुनावमा जनताले के का लागि भोट हाल्ने भन्दै प्रतिप्रश्न गरेका छन् ।
बैठकमा भएको सहमति अनुसार आइवारबाट नगरपालिको कार्यालय,अस्पताल, नगर अस्पताल बिधालयको पठनपाठन वाडा कार्यालय तथा मातहतका सबै सेवाप्रदायक कार्यालय र शाखाहरुको कामकाज सुचारु गर्ने ।
नगरपालिका स्थायी तथा अस्थायी कर्मचारीहरु शिक्षक, स्वास्थ्यकर्मी,करार तथा ज्यालादारी लगायत कार्यरत सबै कर्मचारीको तलब भता पुष १५ गते सम्म सिम्रौनगढ नगरपालिकाको कार्यालयले भुक्तानी गर्ने,। सबैको तलब भता भुक्रानी भए पश्चात शिक्षा ,स्वास्थ्य,नगर अस्पताल अस्थायी तथा करारका कर्मचारीको मागको सम्बन्धमा नगरप्रमुखले उक्त मागहरु सहमतिमा क्रमश सम्बोधन गर्दै जाने सहमति भएको छ ।

सिम्रौनगढ नगरपालिकामा ५ महिनादेखि आकस्मिक सेवा सहितको नगर अस्पताल बन्द छ भने करिब एक महिनादेखि सामुदायिक विद्यालयहरूको पठनपाठन पनि ठप्प रहदै अएको छ ।
स्थायी, अस्थायी, करारका शिक्षक,कर्मचारी, स्वास्थ्यकर्मी, नगर प्रहरीले ६ देखि १४ महिना सम्मको तलव सुविधा नपाएपछि विरोध स्वरूप अस्पताल र विद्यालय बन्द भएका छन् । सेवा सुविधाको माग गर्दै कर्मचारी, शिक्षक, स्वास्थ्यकर्मीले ३ महिनादेखि गरेको विरोध सभामा प्रहरीले गोली चलाउँदा लक्ष्मी मुखिया बीनको ज्यान गएको थियो ।
![]()

उक्त बैठकमा नगर प्रमुख किशोरी प्रसाद कलवार,उप नगर प्रमुख नजमु शेहर वाडा नम्बर ४ का वाडा अध्यक्ष अवधेश सहनी, वाडा नम्बर ७ का अध्यक्ष विवेक मेहता, ८ का अध्यक्ष रामदिनेश यादव शिक्षक प्रतिनिधि राजकिशोर सहनी ,राजकपुर सहनी उमा शंकर यादव, नुरुल्लाह अंसारी,बृजकिशोर यादव,रामकिशुन प्रसाद, यस्तै करार तथा ज्यालादारी संंघका अध्यक्ष नितेश यादव,नगर अस्पतालका प्रतिनिधि जितेन्द्र यादव अयूब अंसारी, आयूवेद औषधालय,कृषी तथा पशु शाखाका प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।





