लामो समय देखि फरार रहेका ३ जना प्रतिवादीहरू प्रहरी नियन्त्रणमा

कलैया अषाढ २७ । बिभिन मुद्दामा अदालतबाट दोषी ठहर भइ लामो समय देखि फरार रहेको ३ जना प्रतिवादीलाई बारा प्रहरीले पक्राउ गरेको हो।पक्राउ पर्नेमा सवारी ज्यान मुद्दामा २ वर्ष कैद र २ हजार जुर्माना भएको सिम्रौनगढ नगरपलिका वाडा ९ बस्ने आरबिन्द यदव भन्ने रबि कुमार यादव यस्तै लागू औषध मुद्दा मा ६ महिना कैद र २ हजार जरिवाना भएका निजगढ नगर पालिका वाडा नम्बर १३ का मान बहादुर पाख्रीन र बैकिङ कसुर मुद्दाका जितपुर सिमरा बस्ने लाल बाबू बानिया रहेको पहरीले जानकारी गराए । पक्राउ परेका तीनै जनालाई कैद भक्तानीका लागि प्रक्रिया अगाडि बढाएको जिल्ला प्रहरी कार्यालय बाराले जानाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close