एसपी देखि डीआइजी सम्मको सेटिङ्गगमा मुसहर्वा नाकाबाट तस्करी

विश्रामपुर सम्वाददाता
बाराको विश्रामपुर गाउँपालिकाको मुसहर्वा नाका बाट प्रहरीकै सेटिङ्गगमा ब्यापक तस्करी फस्टाएको छ । उक्त नाका भएर भारतबाट नेपाल तर्फ मोटर साइकल र साईकलमा ल्याएर टेक्टरमा नै चिनी धान र चामलको तस्करी गराउने कार्य नेपाल प्रहरी र सशस्त्र प्रहरीको मिलोमतोमा एस पी देखि डीआइजी सम्मको सेटिङ्गगमा सुरु भएको छ ।
बारा प्रहरीलाई मोटो रमक दिइ राजनितिक संरक्षणमा महिनौ देखि सो नाकाबाट टेक्टरमा नै धान र चामल र चिनीको तस्करी सँगै बोराका बोरा काजु र किसमिसको समेत तस्करी फस्टाएको स्थानियहरु प्रत्यक्षदशीहरुले जानकारी गराएको छ ।

 


केही स्थानिय जनप्रतिनिधि तथा पुराना केही जनप्रतिनिधिहरुको घरकै सदस्यहरु तस्करीको लाइन मिलाउन प्रहरी चौकी इन्र्चाज शिव प्रसाद यादव , गण्डक प्रहरी चौकिका घुमुवा भागरित महतो केवट र जिल्ला प्रहरी कायालय बाराका घुमुवा अजय पटेललाई मोटो रकम दिएर जिल्ला प्रहरीकार्यालय बारा र पर्सालाई मिलाएको छ । राजनितिक पहुच र पैसाको बलमा एसपी र डीआइजी समेतलाई मिलाएर चिनी,काजु किस्मीस धान र चामल लगायत मेसिनरी पार्टपुर्जा र सुती कपडाको समेत तस्करी हुने गरेको स्थानियहरु बताउछन् । प्रत्यक्षदर्शीका अनुसार आफुहरु तलदेखि माथि सम्म सेटिङ्ग गरि सबै मिलाएकोले दिनरात हामी मालसमान ओसार पसार गर्छौ ।
नेता तथा जनप्रतिनिधि समेतलाई दैनिक र मासिक रुपौया बुझाई तस्करहरुले आफनो टीममा बाउन्सर समेत राखेर दिनरात तस्करी गराउदै आएको स्थानियहरु बताउछन् । यता आफनो मातहदमा रहेको कुनै पनि प्रहरी पोष्टलाई वा कुनै पनि प्रहरीले तस्कर संग नमिलेको तथा खुल्ला सिमान भएकै कारण दैनिक उपभोगका समान लुकाई छिपाइ नेपाल आउने गरेको बाराका प्रहरी प्रवक्ता डिएसपी दधिराम न्यौपाने बताउछन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close