परसौनीमा एक महिलाले गरिन अत्म हत्या, छानबिनको क्रममा एकजना पक्राउ

रामबाबु मेहता, २ भदौ
बारामाको परसौनी गाउँपालिकामा एक जना महिलाले पासो लगाई आत्म हत्या गरेकी हुन्। परसौनी वाडा नम्बर १ बस्ने हिरालाल मुखिया बीनकी पत्नीले शुक्रवार दिउसो आत्म हत्या गरेको बारा प्रहरीले जनाएको छ । एक छोरा र दुइ छोरी जन्माएकी अत्यनत गरिब परिवारकी २६ वर्षिय ती महिलालाई उनकै टोलका ५ जना यूवाले आत्म हत्या गर्न बाध्य बनाइएको रहस्यहरु बाहिरिएको छ । सो घटनाको अनुशन्धानको क्रममा शनिवार प्रहरीले मृत्कका टोलको गंगा मुखिया बीनको छोरा उपेन्द्र मुखियालाई इलाका प्रहरी कार्यालय परसौनीका  प्रहरीले नियन्त्रणमा लिएको छ ।

मृत्कका श्रीमान बाहिर कमाउन गएको बेला उनी बीरगंज आफना आफन्त गएकी सोही क्रममाबरिगंज स्थित मनोकामना गेष्टहाउसमा उपेन्द्र मुखियाले बुक गराएको कोठामा ती महिलाइ बोलाइएको थियो , सोही कोठा भित्र उपेन्द्र कै गाउँका ४ जना अरु ब्यक्तिहरु पनि गए त्यस केही बेर पछि उपेन्द्र सहित पाँच जनाले सोही गाउँका सुदामा मुखिया बीनले चलाइरहेको अटोमा बसाएर हिरालाल मुखियाको घर नजिकको बाटो सम्म पुरयार अटोबाट ओर्लेर घरजाने बेलामा ती महिला लडखराउदै र रुदै आफनो घर भित्र पसि ढोका बन्द गरि अन्दाजि साढे ३ बजे पासो लगाई आत्म हत्या गएकी नाम नखोलाउने सर्तमा स्थानियहरुले जनाएको छ ।

मृत्कको शबलाई कलैया स्थित परदेशिक अस्पतालमा शबपरिक्षण गराई आज दाहसंसकार गरिएको मृतकका परिवारजनले जानकारी गराए । घटनाबारे गहनरुपमा छलफल भई रहेको इलाका प्रहरी कार्यालय परसौनीका प्रहरी निरिक्षक बिनोध बोहराले जानकारी गराएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close