बाराका सहायक प्रमुख जिल्ला अधिकारी सेढाइ निलम्बन

२ करोड २० लाख २८ हजार ९० रुपैयाँ राजस्व रकम चुहावट गरेको आरोपमा मुद्दा दायर

रामबाबु मेहता, बारा, १० असार ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बाराका प्रमुख सहायक जिल्ला अधिकारी शिवराज सेढाईँविरुद्ध विशेष अदालतमा भ्रष्टारचार मुद्दा दायर गरे संगै उनी निलम्बनमा परेका छन् ।
शिवराज सेढाइ सहायक प्रमुख जिल्ल अधिकारी हुनु भन्दा अगाडी जितपुर सिमराको इलाका प्रशासन कार्यालयमा प्रशासकीय अधिकृतको रुपमा कार्य गर्दै आएका थिए । सेढाईं विरुद्ध आयोगले २ करोड २० लाख २८ हजार ९० रुपैयाँ राजस्व रकम चुहावट गरेको आरोपमा मुद्दा दायर गरेको छ ।
सेढाइले बालगंगा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन गर्न न्यू पाथिभरा सप्लायर्सलाई दिएको राजस्व रकम १ करोड २० लाख २८ हजार ९० रुपैयाँ र पसाहा खोलाबाट खोलाजन्य पदार्थ उत्खनन गर्न न्यू पाथिभरा सप्लायर्सलाई दिएको राजस्व रकम ९९ लाख ९९ हजार ९९९ रुपैयाँ गरी २ करोड २० लाख २८ हजार ९० रुपैयाँ राजस्व रकम चुहावट गरी भ्रष्टाचार गरेको अख्तिायरले दर्ता गरेको आरोप पत्रमा उल्लेख गरिएको छ ।
यस्तै अख्तिायर न्यू पाथिभरा सप्लायर्स, हेटौंडा-४, मकवानपुरकी प्रोपाइटर मीनाकुमारी श्रेष्ठविरुद्ध १ करोड ६६ लाख ७२ हजार ६ सय रुपैयाँ भ्रष्टाचार गरेको भन्दै शुक्रवार विशेष अदालत काठमाडौंमा मुद्दा दायर गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close