छोराको खोजिमा भौतारिदै बुबा दिप नारायण यादव,प्रहरीले सहयोग गरेन

रामबाबु मेहता, अशोज १४ –
बाराको कलैया उपमहानगरपालिका ५ स्थित राधा स्पेयर पार्टसमा काम गर्दै आएका बर्ष १७ का लिलिस यादव बिगत ६ महिनादेखि अतोपतो छैन । छोराको खोजतलासमा झण्डै ५ लाख भन्दा बढी रुपैया जिल्ला मोहोत्तरी मनरा सिसबा नगरपालिका ५ का दिप नारायण यादवले खर्च गरिसके तर छोरा भेटाएकाएको छैन । १७ वर्षका छोरा लिलिस यादब बैशाख १९ गतेदेखि हराईरहेको जिल्ला प्रहरी कार्यालय बारामा छोरा खोजतलास गर्न निवेदन दर्ता गराएको थियो ।
यता कलैया स्थित राधा स्पयेर पार्टसका संचालक रामबाबु पंडितलाई छोरा को बिषया सोधपुछ गर्दा आफुलाई थाहा नभएको प्रतिक्रिया दिइएको यादवले बताए । राधा पार्टसको संचालक पडितले उल्टै गालिगलौज गरेको पिडित बताउछन । यता जिल्ला प्रहरी कार्यालय बाराको तत्कालीन प्रहरी प्रमुख दिलिप सिंह देउवाको कार्यकालमा बिरगंज कलैया सडकखण्डको सिसहनिया चौकमा दुर्खटना परि छोराको मृत्यु भएको मुचुल्का समेत प्रहरी त्यार गरेको पिडित यादव बताउनु भयो । प्रहरीले तयार गरेको मुचुल्कामा राखिएको फोटो नै मेरो छोरा लिलिसा यादवको पहिचान हुन नसकेको पिडित बताउछन । छोरा हराएको तीन महिना पछि प्रहरीले दुईवटा कागज ,छोराको मृत्यु भएको हातमा थमाए ।

आफ्नो छोराको दुर्खटनामा मृत्यु नभएको कसैले हत्या गरेको हुन सक्ने पिडित को भनाई रहेको छ । प्रहरीले एकातिर छोरा हराएको ठाउँमा खोजतलास नगरेको अर्को पसल संचालक माथी कुनै अनुसन्धान नगरेको तथा किटानी जाहेरी समेत प्रहरीले लिन न मान्ने पीडितले आफनो दुखेसो पोखभका छन् । छोराको खोजतलास गर्दै बारा सदरमुकाम कलैयामा पत्रकार ,मानवअधिकार कर्मी सामु आफना पिडा पोख्दै सम्पर्क बिहिन रहेको छोराको अवस्था बारे प्रहरीले चांसो नदेखाएको ,छोराको दुर्खटनामा परि मृत्यु भएको भन्दै अहिलेसम्म अलझाईएको पीडितले गुनासो गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close