सिम्रौनगढ बाट हतियारधारी समूह पक्राउ

मुकेश मेहता – बाराको सिम्रौनगढ बाट हतियार सहित पाँच जनालाई प्रहरीले पक्राउ गरेको छ । सिम्रौनगढ नगरपालिका वाडा नम्बर ११ भगवानपुर गाउँबाट ५ जना हतियारधारी समूहलाई आज बिहान सिम्रौनगढको प्रहरीको टोलिले पक्राउ गरेका हुन। 

उनीहरुका साथबाट २ थान पेस्तोल र १० राउन्ड गोली बरामद भएको सिम्रौनगढ इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक रविभूषण यादवले बताए । उनीहरुलाई नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको बताइएको छ । पक्राउ परेका सबै नेपाली नागरिक हुन् । 

आफ्नो प्रतिक्रिया दिनुहोस





