मधेस सरकारले कृषिमा आय कर लगाउँदा मर्कामा किसान

वीरगञ्ज । मुलुकमा आर्थिक मन्दीले कारण व्यापार व्यवसाय सुस्त रहेको अवस्थामा मधेस प्रदेश सरकारले चालु आर्थिक वर्षदेखि कृषिमा लगाएको आय करले किसानहरू थप मर्कामा परेका छन् ।

मधेस प्रदेश सरकारले चालु आर्थिक वर्ष २०८०/०८१ को आर्थिक ऐनको अनुसूची ५ को दफा ७ को उपदफा २ मा कृषिमा आय कर लगाउने व्यवस्था छ ।

उक्त ऐनअनुसार प्रदेश सरकारले वार्षिक १० लाखदेखि २० लाख रुपैयाँको आयमा कर नलाग्ने र १० लाखदेखि २० लाखसम्ममा १ प्रतिशत कृषि आय कर लाग्ने उल्लेख गरेको छ ।
त्यसै गरी, २० लाखदेखि ५० लाखसम्ममा १ रुपैयाँ ५० पैसा र ५० लाखदेखि माथि जतिसुकै भएको खण्डमा २ प्रतिशत आय कर लाग्ने आर्थिक ऐनमा व्यवस्था गरेको छ ।
एकातिर प्रदेश सरकारले कृषि क्षेत्र छुट्ट्याउने अधिकांश बजेट बर्सेनि फ्रिज भई किसानको आय स्तरमा वृद्धि हुन सकिरहेको छैन भने अर्कोतर्फ सरकारले कृषिमा आय कर लगाएर प्रदेशमा कृषकहरूलाई थप समस्यामा पारेको किसानहरूको आरोप छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close