रौतहटमा एक युवक माथि भाला प्रहार

रौतहट — रौतहटको फतुवा विजयपुर नगरपालिका–८ मा एक युवकमाथि भाला प्रहार भएको छ । भाला प्रहारबाट घाइते युवकको वीरगन्जमा उपचार भइरहेको छ । प्रहरीले घटनामा संलग्नलाई पक्राउ गरी आइतबार ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ । विजयपुरका २६ वर्षीय शम्भु राममाथि शनिबार राति स्थानीय सदरे आलमले भाला प्रहार गरेको प्रहरीले दाबी गरेको छ । भालाले लागेर उनको दाइने कोखामा चोट लागेको छ ।
राममाथि भाला प्रहार गर्ने आलमलाई पक्राउ गरी ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेका छौं,’ जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी उमाशंकर यादवले बताए । ‘घटनाबारे थप अनुसन्धान हुँदै छ । पुरानो रिसइबीकै कारण भाला प्रहार गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ ।’
प्रहरीका अनुसार दुई साताअघि विजयपुर बजारमा आaलम र रामबीच समान्य विषयलाई लिएर कुटाकुट भएको थियो । त्यस बेला आलमलाई सामान्य चोट लागेको थियो । उक्त घटनापछि इलाका प्रहरी कार्यालयमा दुवैलाई राखेर छलफलपछि मिलापत्र गराएर छाडिएको थियो
।

रामको नेशनल हस्पिटल विजयपुर बजारमा उपचार भइरहेको थिए । त्यपछि वहालाई थप उपचारको लागि वीरगञ्ज स्थित हेल्थ केयर हस्पिटलमा अहिले उपचार भइरहेको ईलाका प्रहरी कार्यालय विजयपुरले जनाएको छ।भाला प्रहार गर्ने आलमलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय रौतहटका प्रवक्ता डीएसपी यादवले बताए । घटना विषयमा थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय रौतहटले जनाएको छ।





