३ दिन देखि सिम्रौनगढमा वाडा कार्यालयहरु बन्द सेवाग्राही मर्कामा

रामबाबु मेहता,साउन २-
बाराको सिम्रौनगढ नगरपालिका अन्तरगतका सम्पूर्ण बाडा कार्यालय ३ दिन देखि बन्द रहे संगै नगर अस्पताल समेत २ दिन देखि बन्द गरि कर्मचारीहरु धर्नामा बसेका छन् । नगरपालिका अस्थायी, करार र ज्यालादारीमा काम गर्ने कर्मचारीहरुले आफुहरुले बिगत देखि खाइपाइ आएकको तलब भता र सेवा सुबिधा ११ महिना देखि नपाएको भन्दै वाडा कार्यालय र नगर अस्पताल समेत बन्द गरेको छ ।
वाडा कार्यालय बन्द रहदा सेवाग्राही मर्कामा छन् । वार्डा र अस्पतालका कर्मचारीहरु आर्थिक वर्ष २०७९÷०८० सम्मको बाकी रहेको तलब भता र पोशाक भता ईन्धन खर्च , यथासिघ्र उपलब्ध गराउने लगायतका माग गर्दै आएका छन् ।
उक्त विषयलाइ लिएर सो नगरपालिका नगर प्रमुख किशोरी प्रसाद जयसवालले आर्थिक वर्ष २०७९÷०८० सम्मको बाकी रहेको तलब भता र पोशाक भता ईन्धन खर्च लगायतका कुनै पनि सेवा सुबिधा नदिइए अस्थाइ ,करार र ज्यालादारीमा काम गर्ने सबै कर्मचारीलाइ तीनीहरुको नयाँ म्याद थप नहुनजेल कार्यालयमा हजरी नगराउनसूचनाजारी गरेका धार्नामा बसेका कर्मचारीहरु बताउछन् ।

११ ओटा वाडा रहेको सिम्रौनगढ नगरपालिकामा वाडा नं ६ का वाडा अध्यक्ष नन्दकिशोर प्रसाद जयसवालले आफनो वाडाकार्यालय खुला रहेको र सेवाग्राहीलाइ सेवादिने काम भइरहेको दाबी गरेका छन् ।
हुनत सो नगरपालिकामा बन्द हडताल कुर्सी तेडफाडे देखि कार्यालयमै पसेर बिधार्थिहरुको समूहले समेत नगरपालिका कार्यालयको सामान तोडफेड गर्नु नौले बिषय होइन जसले गर्दा कहिले नगरपालिका बन्द भयो कहिले खुल्यो भन्ने आम नागरिकलाई पत्याउनै गाह्रो भएको स्थानियहरु बताउछन् ।
जन प्रतिनिध र कर्मचारी बिचको बिदादले गर्दा प्रशासकिय अधिकृत केही दिन केही महिना रही एक वर्षमा ४ ओटा प्रशासकिय अधिकृत आए र गए जनप्रतिनिधीहरु बीच भागबन्डा न मिल्दा बिवादै बिवादमा एक वर्ष भन्दा बढी बितेसकेको छ ।






