दोषीलाई कारवाही र मृतक युवकलाई शहीद घोषणाको माग गर्दै कलैयामा प्रदर्शन

रामबाब मेहता-
मधेश प्रदेशको मुख्य मन्त्रीको सरोज कुमार यादवको गृहनगरी बाराको सिम्रौनगढमा प्रहरीको गोली लागेर मृत्यु भएका लक्ष्मी मुखिया बिनको परिवार र आफन्त सहित नेपाली कांग्रेसका कार्यकर्ताहरुले बिहीबार कलैयामा प्रदर्शन गरेका छन् ।
मेयार तिम्रो पाराले,दुख पायो साराले, मुख्य मन्त्री यादव राजिनामा देउ ,मृतकलाई सहिद घोषणा गर , ड्युटीमा रहेका प्रहरी निरीक्षक रविभूषण यादवलाई कारबाही गर भन्ने नाराका साथ कलैया स्थित नेपाली कांग्रेसको पार्टीै कार्यालय अगाडी बाट निर्वाचन क्षेत्र नम्बर–१ को नेपाली काँग्रेसका क्षेत्रीय सभापति एवम् सिम्रौनगढ नगरपालिकाका पुर्व नगरप्रमुख बिजयशंकर यादवको नेतृत्वमा रहेका कार्यकर्ता तथा स्थानीयले नगर परिक्रमा गरी जिल्ला प्रशासन कार्यालयको
मुल गेट अगाडी पुगेर नाराबाजी गरेका छन् ।
बुधबार सिम्रौनगढ नगरपालिकामा प्रमुख प्रशासकीय अधिकृतलाई हाजिर गराउन खोजेको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले गोली चलाउँदा स्थानीय लक्ष्मी मुखियाको मृत्यु भएको थियो । मृतक लक्ष्मी मुखिया बिनलाई शहिद घोषणा गर्न, नगरप्रमुख कलवारमाथि ज्यान मारेको भन्दै मुद्दा दर्ता गर्न, मृतकको परिवार र छोराछोरीको रोजगारीको ग्यारेन्टी गर्न, गोली चलाउन आदेश दिने प्रहरी निरीक्षक रवीभूषणप्रसाद यादवको कल डिटेल चेक गरी निलम्बन गर्न माग गरिएको गर्दै प्रमुख जिल्ला अधिकारी नवराज सापकोटालाई ५ बुँदे ज्ञापनपत्र समेत बुझाएका छन् । पीडित पक्षघरको माग २४ घण्टाभित्र पूरा नभए पूर्वपश्चिम राजमार्ग निजगढमा समेत प्रर्दशन गरी राजमार्ग बन्द गरी कडा आन्दोलनमा जाने चेतावनी समेत दिइएको छ ।
ज्ञापनपत्र बुझदै प्रजिअ सापकोटाले यो सबै माग मैले एक्लै गरेर नहुने हो, यसका लागि कानूनी प्रक्रिया रहेकाले सक्दो सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे ।
तत्कालका लागि घटनाको बारेमा विस्तृत अनुसन्धान गर्न सहायक प्रमुख जिल्ला अधिकारी कृष्णप्रसाद आचार्यको संयोजकत्वमा नेपाल प्रहरी र सशस्त्र प्रहरी नायब उपरीक्षकसहित तीनजनाको छानबिन समिति अहिलै बनाएर प्रक्रिया अगाडि बढाउने प्रजिअ सापकोटाले जानकारी गराए । यता समाचार त्यार हुनजेल सम्म पीडित परिवारले मृतकका शव पनि बुझेका छैनन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close