सिम्रौनगढ नगरपालिका कार्यालयमा तोडफोड , आफनै क्रमचारीले बिधार्थिलाई उचालेको मेयर कलवारको आरोप

 

रामबाबु मेहता —
आजको बिधार्थी भोलि देशको कणर्धार हुन्छ, जस्तो संस्कार दिइन्छ उस्तै बन्दै जाने किशोरा अवस्थाको गुण भएको मानिएको छ ,सोही उमेरमा आफुलाई स्मार्ट देखाउने सोचमा बढी भन्दा बढी किशोर किशोरीहरु लागेको हुन्छ जस्ले गर्दा सही र गलत छुटयाउनु भन्दा पनि अरुको उस्काहटमा पर्ने बढी सम्भावना समेत हुन्छ । यस्को जल्दो बल्दो उदहारण हो बाराको सिम्रौनगढ नगरपालिका भित्र रहेको कचोर्वा, कंकाली, खजानी माद्यमिक बिधालयको कक्षा ९ र १० का बिधार्थीहरु मंगलवार जस्ले आफुहरुलाई भ्रमणको रकम नदिदा सिम्रौनगढ नगरपालिका कार्यालयमा तोडफोड गरेको छ । करिब १७ , १८ सायकोहाराहारीमा बिधार्थीहरुको कार्यालयका झ्याल, ढोका, कम्प्युटर, फर्निचर, अरू विद्युतीय उपकरण, गाडी, टिभी, एसी, टेबल कुर्सी, सिसा र सोफालगायतका समानहरु तोडफोड गरिएको नगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत ले जनाए । ती अधिकारीका अनुसार लाखौैंरुपैयाँ बराबरको धनमाल क्षति भएको प्रारम्भिक अनुमान गएिको छ  ।       
नगर प्रमुख किशोरी साह कलवारलाई भेटेर भ्रमण खर्च माग्न विद्यार्थीहरुलाई प्रमुख कलवारले अहिले डेंगुको प्रकोप फैलिरहेकोले अहिले भ्रमणमा नजान र दसैं नजिक विद्यालयमार्फत अशोज ११ गते बजेट उपलब्ध गराइदिने विद्यार्थीलाई समझाइ बुझाई गरि आश्वासन दिनु भएको थियो । विधार्थीहरु नगरपालिकाको कम्पाउण्डको बाहिर गयो र पून्ह विद्यार्थीहरु फर्केर मेयरको कुरालाई अटेर गर्दै कार्यालयमा अन्धाधुन्द तोडफोड र ढुङ्गामुडा गरेको प्रत्यक्षदर्शीले बताएका छन् । अचानक अन्धाधुन तोडफोड सुरु भएपछि नगर प्रहरी, नेपालप्रहरीलाई रोक्न धौ धौ परेको थियोकेही बेर पछि तोडफोडको सूचनापछि सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको थप टोली घटनास्थल पुगेर विद्यार्थीहरुमाथि सामान्य बल प्रयोग गरेको थियो प्रहरीको लाठीचार्जले केही विद्यार्थी घाइते भएका छन् ।

उता कडा सुरक्षा दिदै प्रहरीले मेयर कलवार प्रशासकिय अधिकृतलाई जोगाएको कार्यालयको क्रमचारीहरुले बताएको छ । अवस्था समान्य भए पछि  प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवाल, नेपाल प्रहरीका प्रहरी उपरीक्षक होबिन्द्र बोगटी घटनास्थल पुगेर घटना बारे जानकारी लिनु एको छ । प्रहरी उपरीक्षक बोगटीले घटनाबारे विस्तृत अनुसन्धान गरी दोषीलाई कारबाही गरिने बताउनु भएको छ ।


विद्यार्थीको तोडफोडले कार्यालयको दैनिक कार्यसमेत प्रभावित हुने भएको छ । लेखा, आइटी, जिन्सी, योजना शाखाका सबै कम्प्युटर फुटाइदिएका छन् । नगर प्रमुख, प्रमुख प्रशासकीय अधिकृतलगायतको कोठामा समेत क्षति पुर्‍याइएको छ । नगर प्रमुख कलवारले केही अराजक विद्यार्थीलाई कार्यालयकै केही कर्मचारीले उचालेर घटना गराएको आरोप लगाए । यसबारे प्रहरीलाई सबै सूचना दिएर कारबाही प्रक्रिया अघि बढाइने उनले बताउनु भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close