बाराको चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता सम्पन्न

१ सय १२ जनाले उम्मेद्बारी दर्ता गराए ।

माघ ०६, बारा । बाराको चारवटै निर्वाचन क्षेत्रमा उम्मेदवारहरूको मनोनयनपत्र दर्ता सम्पन्न भएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालयका अनुसार विभिन्न राजनीतिक दल तथा स्वतन्त्र गरी १ सय १२ जना उम्मेदवारहरूले मनोनयन दर्ता गराएका छन् ।

निर्वाचन क्षेत्र नम्बर १ मा २० जनाले मनोनयनपत्र दर्ता गराएका छन् भने निर्वाचन क्षेत्र नम्बर २ मा २९ जना उम्मेदवार दर्ता भएका छन् । त्यसैगरी निर्वाचन क्षेत्र नम्बर ३ मा २४ जना र निर्वाचन क्षेत्र नम्बर ४ मा सबैभन्दा बढी ३९ जनाले उम्मेदवारी दर्ता गराएको मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

मनोनयन दर्ता प्रक्रिया शान्तिपूर्ण रूपमा सम्पन्न भएको र आगामी चरणका निर्वाचन गतिविधिहरू निर्वाचन कार्यतालिका अनुसार अघि बढाइने कार्यालयले जानकारी दिएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close