बाराको नकटुवा गाउँको शीव मन्दिरमा तोडफोड २ जना पक्राउ एक जना फरार

बारा,१४ साउन
बाराको प्रसौनी गाँउपालिका वडा नम्बर १ नकटुवा गाउँमा रहेको शीव मन्दिरमा उच्छृखल समुहले तोडफोड गरेको छ ।
शीव मन्दिरभित्रै पसेर शनिबार राति केहि व्याक्तिहरुले तोडफोड गरेका हुन् । उनिहरुले मन्दिरभित्र रहेको शीवलिङ्ग, त्रिुशल, धातुको नाग देवताको मूर्ती लगायत तोडफोड गरेको स्थानियले जनाएका हुन् ।
मन्दिरभित्र तोडफोड गर्नेमध्येका दुई जनालाई प्रहरीले नियन्त्रणमा लिएर अनुसन्धान गरिरहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरक्षिक प्रकाश सापकोटाले जानकारी दिए ।
उनका अनुसार, तोडफोडमा संलग्न रहेको आरोपमा फरक धर्म समुदायका स्थाानीय तीन जनाको नाम किटानी गरेर स्थानीयबासीले प्रहरीमा जाहेरी दिएका छन् ।
स्थानियको जाहेरीका आधारमा दुई जनालाई नियन्त्रणमा लिएको र अर्का एक जना भने फरार रहेकोे प्रहरी नायब उपरीक्षक सापकोटाले बताए । अहिले नियन्त्रणमा लिइएका दुई जनाको नाम आरोप पुष्टि भएपछि मात्र सार्वजनिक गरिने उनले बताए ।






