बाराको ३ नम्बर पुलमा बस दुर्घटना, २३ जना घाइते उपचार पछि ५ जना घर फर्के

रामबाबु मेहता । चितवनबाट जनकपुरतर्फ जाँदै गरेको यात्रुवाहक बस बाराको अम्लेखगञ्ज ३ नं पुल नजिकै दुर्घटना भएको छ । मंगलबार भएको सो दुर्घटनामा हुँदा २३ जना घाइते भएका छन् भने एक जना महिलाको अवस्था गम्भिर रहेको प्रहरीले जनाएको छ । अवस्था गम्भिर हुनेमा सर्लाही लालबन्दी बस्ने अं. वर्ष २६ कि निशु खड्का रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । निशु खड्का अनुहारमा चोटलागेको उनको अवस्था गम्भिर रहेको बाराका प्रहरी प्रवक्ता दधिराम न्यौपानेले जानकारी गराएका छन् ।
तीव्र गतिमा गुडेको ना६ख ९०३० नम्बरको यात्रुवाहक बस अनियन्त्रित हुँदा सडकबाट २० मिटर तल खसेको ईलाका प्रहरी कार्यालय सिमराले जनाएको छ ।
दुर्घटनामा घाइते हुने हरुमा मकवानपुर, हेटौडा उ.म.न.पा.१२ बेलडाडा बस्ने नबराज लामाको छोरीअं.वर्ष ९ की क्षेसन लामा, सोही ठाउँ बस्ने वर्ष ३१ को बिष्णु लामा सुनसरी जिल्ला बिराटनगर बस्ने अं. वर्ष २५ को रबिन मगर जिल्ला चितवन, भरतपुर म.न.पा. ८ बस्ने अं. वर्ष ४८ का दिपेन्द्र कुमार ठाकुर
सोही ठाउँ बस्ने अं. वर्ष४० की कबिता ठाकुर भरतपुर .म.न.पा. १० बस्ने अं.वर्ष २८ की राखी शाह साही वडाका कैलाशनगर बस्ने अं. वर्ष २१ की अस्मि शाह मकवानपुर जिल्ला, हेटौडा उ.म.न.पा.१२ पदमपोखरी बस्ने अं. वर्ष२४ की
सबिना घलान र सबिना घलानका ेअं.१८ महिनाको प्रियान्स घलान मकवानपुर थाहा. न.पा. ३ बस्ने अं. वर्ष २३ की दिल कुमारी बि.क यस्तै जिल्ला धनुषा सहित न.पा. २ बस्ने अं. वर्ष३२ कि प्रिंयका यादव
सोही ठाउँका े अं. वर्ष ४१ को रन्जित यादब ं, वर्ष ६५ कि शान्ति देवी यादव
पर्सा बिरगंज श्रीपुर बस्ने अं. वर्ष ५० को दुखन खातुन
र सोही ठाउँका वर्ष ५ कि जोया खातुन सर्लाही हरिवन न.पा. ८ बस्ने अं. वर्ष४३ को पर्बत भट्टराई .सर्लाही बस्ने अं. वर्ष १६ कि रेनुका खड्का रहेकी हुन ।
ईप्रका सिमराका प्रमुख क्षेत्रीका अनुसार तीव्र गतिमा गुडेको गाडी अनियन्त्रित भएर सडकबाट तल खसेको बताएका छन् । घाइतेहरूलाई उपचारका लागि हेटौडा अस्पतालमा भईरहेको जनाइएको छ । बारा प्रहरीका अनुसार घाइते हरुमध्ये अधिकांशको अवस्था मध्यम रहेको छ । यस्तै बसमा सवार २३ जना यात्रु मध्ये ५ जनाको अवस्था समानय रहेकोले उपचार पछि घर पठाइएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता न्यौपाने जनाएका छन् ।
उपचार पछि घरजानेहरुमा जिल्ला सर्लाही हरिपुर न.पा.०२ बस्ने अ.बर्ष ४२ को रितेश पुलामी धनुषा जनकपुर उ.म.न.पा.१४ बस्ने अ.बर्ष ४३ को जाकिर हुशेन जनकपुर उ.म.न.पा ०१ बस्ने अ.बर्ष १६ की अन्जलि शाह जिल्ला सर्लाही कबिलासी गा.पा ०८ बस्ने अ.बर्ष ४८ की मिना महतो र जिल्ला मोहत्तरी बर्दिवास न.पा.०२ बस्ने अ.बर्ष ३० को अर्जुण ठाकुर रहेका प्रहरीले जनाएको छ ।






