बैराठपुरमा जसपा नेपालको कार्यकर्ता भेटघाट, २८ बुँदे कार्यक्रमबारे जानकारी

बारा, २०८२ मंसिर २२, साेमबार — बारा क्षेत्र नं. ३ अन्तर्गत कलैया उपमहानगरपालिका–२३ स्थित बैराठपुरमा आज जसपा नेपालले कार्यकर्ता भेटघाट कार्यक्रम सम्पन्न गरेको छ। कार्यक्रममा पार्टीले अघि सारेको २८ बुँदे निर्धारित कार्यक्रमबारे विस्तृत जानकारी गराइएको थियो।
कार्यक्रमकाे अध्यक्षता सहिन्द्र पटेलले गरेका थिए। कार्यक्रममा जसपा नेपालका केन्द्रिय सदस्यहरू माननीय रामबाबु कुमार यादव, रामकिशोर यादव, प्रकाश चौधरी, जिल्ला अध्यक्ष रमेश कुमार यादव, जिल्ला नेताहरू अंगद कुमार सहनी, कमलेश मण्डल, रञ्जित चौरसिया, शम्भु पटेल, राजेश शर्मा, बिशाल पटेल, अजय पटेल, रम्भु पटेल, अर्जुन राउत कुर्मी, मोतीलाल प्र. पटेल लगायतका नेता तथा ठूलो सङ्ख्यामा कार्यकर्ताहरू सहभागी भएका थिए। 
भेटघाटका वक्ताहरूले पार्टीको नीति, आगामी राजनीतिक दिशा, संगठन सुदृढीकरण, जनस्तरमा पहुँच विस्तार तथा २८ बुँदे कार्यक्रममार्फत मधेश र देशको समग्र विकासका एजेन्डा अघि बढाइने बताए।
कार्यक्रममा उपस्थित कार्यकर्ताहरूले संगठन सुदृढीकरण तथा भूमिका मजबुत बनाउन सुझाव राखेका थिए।






