अबैध रुपमा भण्डारण गरिएको ३ सय ११ बोरा भारतीय चामल बरामद

रामबाबु मेहता, ६ पुस ।
पर्सा जिल्लाको छिपहरमाई गाउँपालिका वडा नम्बर ५ भिस्वामा जिल्ला अनुगमन टोलीले छापामारी गरि भारत बाट अवैध रुपमा ल्याईएको चामल बुधवार बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय पर्सा, सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर र वीरगन्ज भन्सार कार्यालयको सयुँक्त टोलीले भिस्वा बजारमा छापामारी गरेर ३ सय ११ बोरा भारतीय चामल बरामद गरेको छ ।
भिस्वा बजारमा भारी मात्रामा चामल भण्डारण गरि राखिएको गोप्य सूचनाको आधारमा छापामारी गरि उक्त परिमाणको चामल बरामद गरिएएको सशस्त्र प्रहरी बल नम्बर १३ गण हेडक्वाटर पर्साका सशस्त्र प्रहरी नायव उपरीक्षक संतोष बस्नेतले जानकारी गराए ।
भिस्वा बजारस्थित बिस्मिल्लाहा मियाँ तेलीको घरमा गोदाम भाडामा लिएर भण्डारण गरिएको थियो । बरामद चामल आवश्यक कारवाहीका लागि वीरगन्ज भन्सार कार्यालयमा पठाइएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close