जसपा नेपाल बाराले प्रधानमन्त्रीलाई ज्ञापनपत्र बुझायो

कलैया, मंसिर १० । जनता समाजवादी पार्टी (जसपा) नेपालकाे केन्द्रिय कार्यकारिणी समितिद्वारा देशभर सञ्चालन भइरहेका कार्यक्रमहरू अन्तर्गत आज बारा जिल्लामा पनि प्रधानमन्त्री समक्ष जोडिएका मागहरू सम्बन्धी ज्ञापनपत्र बुझाइएको छ।Ï

जसपा नेपाल जिल्ला कार्य समिति बाराले जिल्ला प्रशासन कार्यालय, कलैया मार्फत सम्माननीय प्रधानमन्त्रीका लागि पठाइएको उक्त ज्ञापनपत्र बुझाउने कार्य जिल्ला समिति सदस्य अंगद कुमार सहनीकाे संयोजकत्वमा सम्पन्न भएको हो।

ज्ञापनपत्र बुझाउने टोलीमा केन्द्रीय सदस्य नेता रामकिशोर यादव, रामबाबु कुमार यादव, उषा देवी, उमरावती देवी, हरेन्द्र पटेल, शिवमंगल यादव, मनिष यादव, राजेन्द्र यादव, विनोद यादव, शंकर यादव, नरेश यादव, शंलेश यादव, रञ्जित चौरसिया लगायतका नेता तथा कार्यकर्ताहरू सहभागी भएका थिए।

सो अवसरमा टोलीले जनता समाजवादी पार्टी, नेपालले उठाउँदै आएका २८ बुन्दे प्रमुख माग तथा राष्ट्रिय मुद्दाहरू वाचन गरी प्रमुख जिल्ला अधिकारीलाई औपचारिकरूपमा बुझाएको जनाएको छ।

नेताहरूका अनुसार देशमा जारी संविधानिक, राजनीतिक, सामाजिक तथा आर्थिक अन्याय र बेथितिहरू सम्बोधन गर्न तथा मधेस-मधेशी, थारू, आदिवासी जनजाति, मुस्लिम, दलित, पिछडिएको वर्ग तथा सीमान्तकृत समुदायहरूको हक–अधिकार सुनिश्चित गर्न मागहरू अघि सारिएको बताइएको छ।

जसपाका नेतृत्वले मागहरू पूरा नभए संघर्षका कार्यक्रमलाई थप सशक्त बनाउँदै लैजाने चेतावनीसमेत दिएका छन्। कार्यक्रम शान्तिपूर्ण वातावरणमा सम्पन्न भएको जिल्ला समिति बाराले जनाएको छ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close