गोली प्रहारसहितको भिडन्तपछि तस्कर फरार, मोटरसाइकल र मोबाइल सहितका सामान बरामद
बारा, पचरौता — जिल्ला प्रहरी कार्यालय बारा, कलैयाद्वारा जारी प्रेस विज्ञप्तिअनुसार २०८२ मंसिर ८ गते राति प्रहरी गस्ती टोली र तस्कर समूहबीच गोली प्रहारसमेत भएको भिडन्तमा तस्कर समूह फरार भएको छ।
आइतबार राति करिब १०ः४५ बजे इलाका प्रहरी कार्यालय सिम्रौनगढबाट खटिएको प्रहरी गस्ती टोलीले पचरौता नगरपालिका–६ चिकनी टोलमा गस्तीका क्रममा भारतको हनुमाननगरतर्फबाट नेपालतर्फ तस्करीका सामानले भरिएको नम्बर नखुलेको ट्र्याक्टर र मोटरसाइकलहरूमा आएका करीब २५ जनाको तस्कर समूहसँग एक्कासी सामना भएको थियो।
तस्करहरूलाई रोक्ने प्रयास गर्ने क्रममा तस्कर समूहले कटुवा बन्दुकबाट दुई राउण्ड गोली फायर गरेको र त्यसको जवाफमा प्रहरी पक्षले बोकेको 9MM पेस्तोलबाट ७ राउण्ड फायर गरेको प्रहरीले जनाएको छ। गोली प्रहारको घटनापछि तस्करहरू ट्र्याक्टरसहित भारततर्फ भाग्न सफल भएको बताइएको छ।
घटनाबारे जानकारी प्राप्त भएपछि सिम्रौनगढबाट प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहको कमाण्डमा थप १० जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो। प्रहरीले घटनास्थल आसपासको दसगजामा तस्करहरूद्वारा छाडिएका मोटरसाइकल तथा अन्य सामान बरामद गरेको छ र थप अनुसन्धान भइरहेको जनाएको छ। 
बरामद सामग्रीहरू १) BR05BL4154 नं. बजाज पल्सर मोटरसाइकल
२) BR05B6864 नं. स्प्लेन्डर मोटरसाइकल
३) BR05BD9821 नं. बजाज पल्सर मोटरसाइकल
४) BR05AW0501 नं. हेरो स्प्लेन्डर मोटरसाइकल
५) OPPO कम्पनीको भारतीय सिमयुक्त टच मोबाइल — १ थान
६) सामसङ कम्पनीको एयरटेल र एनसेल सिम प्रयोग भएको टच मोबाइल — १ थान
७) भारतीय नागरिक रञ्जित कुमार नाममा रहेको सवारी चालक अनुमतिपत्र — १ थानप्रहरीका अनुसार घटनामा संलग्न तस्करहरूको पहिचान र पक्राउका लागि थप अनुसन्धान तीव्रगतिमा भइरहेको प्रहरीले जनाएको छ।





