सिम्रौनगढमा तीनलाख १६ हजार बराबरको पटाखा नष्ट

मुकेश मेहता, बाराको सिम्रौनगढमा आज ३ लाख १६ हजार बराबरको पटाखा नष्ट गरिएको छ । लक्ष्मी पुजा तथा छ्ठ पर्वमा रमाइलो गर्ने उदेश्यले भारत बाट चोरी पैठारी गरि नेपाल भित्रीयाउने क्रममा ईलाका प्रहरी कार्यालय सिम्रौनगढ मातहतका प्रहरी चैकीले विभिन्न ठाउँ बाट उक्त परिमाणको पटाखा बरामद गरि दाखिला गरिएको थियो । दाखिला गरेको सो पटाखा स्थानीय जन प्रतिनिधि,र सन्चारकर्मीहरुको रोहबरमा खाल्डो खनी किङ कोब्रा ,गेम नाइट,नाइट,झिरझिरे,बिग बुलेट ,फुलझरी लगायत नाम गरेको पटाखा नष्ट गरिएको इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक पवन पसाइले जानकारी गराए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close