कलैयामा मिटरब्याजी विरुद्ध पीडितहरूको प्रदर्शन, फर्जी तमसुक छानबिनको माग

बारा, कलैया — साहुहरूले वास्तविक ऋणभन्दा धेरै गुणा बढी रकम असुल गर्दै आएका मिटरब्याजी प्रथाका विरुद्ध बारा जिल्लाका पीडितहरूले बिहीबार कलैयामा प्रदर्शन गरी कडा आपत्ति जनाएको छ। प्रदर्शनकारीहरूले साहुहरूको वास्तविक ऋण तमसुक झिकाएर छानबिन गर्न तथा मिटरब्याजी अनुसूची अनुसार लेनदेन छलफल गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएका छन्।

पीडितहरूले आफूहरू साहुको वास्तविक ऋण तिर्न तयार भएको स्पष्ट पार्दै १ लाख ऋण लिए पनि ४ लाखको तमसुक बनाइने र अन्त्यमा १० लाखसम्म रकम असुल गर्न दवाव दिने साहुहरू विरुद्ध तत्काल कारवाही गर्न माग गरेका छन्।

उनीहरूले फर्जी तमसुकहरूको छानबिन तथा ब्याजको ब्याज लिने गैरकानुनी गतिविधिमा संलग्न साहुहरूलाई कानूनअनुसार दण्डित गर्न पहिल्यैबाट माग गर्दै आएका छन्। तर समस्या समाधान नभएकाले पुनः सडकमा उत्रिन बाध्य भएको पीडितहरूको भनाइ छ।

प्रदर्शनमा सहभागी व्यक्तिहरूले मिटरब्याजीका कारण आर्थिक, सामाजिक र मानसिक रूपमा पिल्सिनु परेको बताए। उनीहरूको भनाइअनुसार साहुकै धम्की, असुली, आणि कानुनी मकदमेको डरका बीचमा धेरै परिवारहरू जीवनयापन गर्न संघर्षरत छन्।
पीडितहरूले जिल्ला प्रशासन कार्यालय, प्रहरी र न्यायिक निकायसँग समन्वय गरी मिटरब्याजी नियन्त्रण गरी पीडितलाई न्याय दिलाउन सरकारलाई माग गरेका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close