स्थानीय द्वारा पत्रकार पाण्डेयलाई फोन मार्फत धम्की , महासंघ द्व्रारा कार्वाही को माग

बारा, २७ असाढ

बारा जिल्लाबाट प्रकाशित हुने शुभ आरम्भ रास्ट्रिय दैनिक नामक पत्रीकाका प्रकाशक अनिल पाण्डेयलाई सिम्रौनगढ का एक जना स्थानीय धर्मेन्द्र यादव नाम बताउने युवकले फोन गरि धम्की दिएका छन् । प्रहरी चौकी कचोर्वाको बारेमा तस्करीको समाचार लेखेको भन्दै पत्रकार पाण्डेलाई
धम्की दिएको छ । सिम्रौनगढ नगर पालिका वाडा नम्बर ९ निवासी यादवले आइन्दा यस्ता समाचार लेख्यो भने ठिक नहुने र पत्रीका समेत बन्द हराइ तपाईंलाई खोरमा हाल्ने भन्दै सो पत्रीका प्रकाशक समेत रहेका पाण्डेयलाई धम्काएको मोबाइलको रेकर्डबाट सुनिन्छ । सो प्रहरी चैकीका इन्चार्ज सहायक निरीक्षक कमलेश साहको बिषयमा समाचार सम्प्रेषण गर्दा यस्ता धम्की आएको प्रकाशक पाण्डय बताउछन् ।

सो घटना बारे आफुले नेपाल पत्रकार महासंघ बाराका अध्यक्ष रेशम तिवारी र बारा पहरी प्रमुख महेन्द्र खडकालाई जानकारी गराएको पाण्डेयले बतकाछन् ।

समाचारको विषयलाई लिएर संचारकर्मीलाई फोनमार्फत धम्की दिने कार्य अत्यन्त निन्दनिय छ । संचारमाध्यममा प्रकाशित भएको समाचारमा चित्त नबुझे वा गुनासो भए कानुनी प्रक्रियामा जान सकिने प्रावधान हुँदाहुँदै पनि पत्रकारलाई धम्की दिने कार्य प्रेस स्वतन्त्रता माथिको प्रहार हो । पत्रकारको मनोबल खस्काउने गरी गरिएको यस्तो कार्यको घोर भर्त्सना गर्दै दोषी देखिएको प्रहरी चौकी इन्चार्ज साह र फोन मार्फत धम्काउने यादव उपर कार्वाहीको माग गर्दै सबै पत्रकारहरुको छाता संगठन नेपाल पत्रकारमहासंघ बारा ,प्रेस चौतारी ,प्रेस सेन्टर नेपाल लगायतका पत्रकारहरुको संघसंगठनले प्रेस बिज्ञापति जारी गरेको छ ।

साथै, पत्रकारलाई समाचार नलेख्न दवाव दिँदै समाचार लेखेमा पत्रकारिता बन्द गरिदिने जस्ता शब्द प्रयोग गरी धम्क्याएको घटनामा संलग्न व्यक्तिमाथि छानविन गरी उचित कारवाही गर्न र पत्रकारको सुरक्षामा गम्भीर हुन स्थानीय प्रशासनसंग माग गरेका छन्।

त्यस्तै पत्रकार महासंघ बारा शाखाको अध्यक्ष रेशम तिवारीले प्रहरी सहायक निरिक्षक कमलेश साहलाई कार्वाही गर्न माग गर्दै प्रेस बिज्ञप्ति जारी गरेका छन्।

दोषी उपर तत्काल कार्वाही नभए पत्रकार महासंघ कार्वाहीका लागि अन्य विकल्पमा समेत जान सक्ने अध्यक्ष तिवारीद्धारा जारी विज्ञप्तीमा जनाईएको छ । आरम्भ राष्ट्रिय दैनिकमा केही दिन अगाडि चौकी ईन्चार्ज साहले अनियमितरुपमा रकम असुल्दै भने शिर्षकमा समचार प्रकाशन भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close