गढीमाई मेलामा नेशनल प्याब्सन बाराले चालिस वटा निशुल्क बस सेवा संचालन गर्ने

कलैया मंसिर ९ । बिश्व प्रसिद्ध पंचबर्षिय गढीमाई मेलामा श्रद्वालु यात्रीहरुको लागि ओहरदोहर गर्न ४० वटा बस सेवा चारै दिशा बाट निशुल्क रुपमा संचालन हुने भएको छ । नेशनल प्याब्सन बाराको अध्यक्ष प्रभु प्रसाद कुशवाहाले मंसिर २१ र २२ गते निशुल्क बस सेवा संचालन गर्न प्रतिबद्धता जनाएका छन । अध्यक्ष कुशवाहाले भक्तजनलाई मन्दिर आसपास क्षेत्र सम्म पुग्न सजिलो होस भन्ने उदेश्यले निशुल्क बस सेवा संचालन गर्न लागिएको हो ।
पंचबर्षिय गढीमाई मेला ब्यवस्थापन मुल समितिको अध्यक्ष उपेन्द्र प्रसाद यादव लाई लिखित रुपमा चालीस वटा बस सेवा संचालन गर्ने प्रतिबद्धता जनाएका छन ।
आफ्नो प्रतिक्रिया दिनुहोस






