कलैयाकोश्री गढीमाइ इलेक्ट्रोनिक ९औं वर्ष मा प्रवेश

कलैया । बाराको सदरमुकाम कलैया उपमहानगरपालिका -१ हनुमान मन्दिर नजिकै रहेको श्री गढीमाई इलेक्ट्रोनिक्सले ८ औं वर्ष पूरा गरि बिहिवार ९ औं वर्षमा प्रवेश गरेको छ । उक्त अवसरमा इलेक्ट्रोनिक्सले केक काटेर वार्षिकोत्सव मनाइएको हो ।
कलैयाको सबै भन्दा पुरानो र विश्वासिलो इलेक्ट्रोनिक्स पसल रहेको प्रोपोराइटर बिजय कुमार स्वर्णकारले बताएका छन् । सैमसंग,हिमस्टार,होण्डाई कम्पनीको टिभी,फ्रिज,डिफ्रिज,माइक्रो ओभेन,वासिङ् मसिन,एसी,मोबाइल,पंखा,कुकर,राइस कुकर,मिक्स्चर,आईरण जस्ता सबै इलेक्ट्रोनिक समानहरुको अधिकृत विक्रेता रहेका उनले बताए ।
वार्षिकोत्सवको उपलक्ष्यमा सामानहरु खरिद गर्दा एमआरपी मुल्यको ४० प्रतिशत असारसम्मको लागि छुट गरिएको प्रोपोराइटर स्वर्णकारले बताएका छन् ।
साथै ईएमआईमा सैमसंग कम्पनीका मोबाइल,टिभि,फ्रिज लगायत समानहरु खरिद गर्दा ४० प्रतिशत डाउनपेमेन्ट गरि किन्न सकिने र जिरो प्रतिशत ब्याज लाग्ने सहुलियत समेत रहेको संचालक स्वर्णकारले बताए ।
उक्त कार्यक्रममा सैमसंग कम्पनीका बजार प्रतिनिधि वृजेश चौधरी,हिमस्टारका बजार प्रतिनिधि अजब विक्रम बिष्ट,हुलास फाइनेन्सका लोन अधिकृत राजकिशोर साह,नितिन ओझा,राष्ट्रिय स्वतन्त्र पार्टी बाराका सभापति चन्दन स्वर्णकार,कर्मचारी,ग्राहकहरु लगायतको उपस्थिति रहेको थियो ।






