१० किलो भन्दा बढी प्रतिबन्धित लागू औषध सहित सिम्रौनगढका एक युवक पक्राउ

राजु कुशवाहा , कलैया । बारा प्रहरीले १० किलो सात सय ७८ ग्राम प्रतिबन्धित लागु औषध गाँजा सहित एकजनालाई शुक्रबार पक्राउ गरेको छ।
प्रहरी चौकी पथलैया बाराबाट प्रहरी नायब निरीक्षक बब्बि बम्जनको कमाण्डमा खटिएको प्रहरी टोलिले सो गाँजा बरामद गरेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता तथा प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जनाएका छन्।
जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा नारायणघाट बाट बिरगंज तर्फ जाँदै गरेको ना ८ ख ७३४६ नम्बरको यात्रुबाहक बसलाई प्रहरीले जाँच गरेको हो।

उक्त बसमा सवार एक व्यक्तिले कालो झोला बोकी बसिरहेको अवस्थामा शंकास्पद लागी उक्त झोलाको प्रहरीले जाँच गरेको हो।
उक्त झोला भित्र लुकाई छिपाई राखेको लागू औषध गाँजा १० किलो ७७८ ग्राम वरामद भएको हो। प्रहरीले बारा सिमौनगढ न.पा–७ मलाही टोल बस्ने ३४ वर्षीय धर्मेन्द्र सहनीलाई नियन्त्रणमा लिई अनुसन्धान भइ रहेको जिल्ला प्रहरी प्रहरी प्रवक्ता बिजय राज पण्डितले जनाएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close