बाराको पचरौता लगाएत विभिन्न ठाउँ बाट ३६७ किलोलागू औषध गाँजा सहित ५ जना पक्राउ

शुभम सन्देश कलैया , बैशाख ५ गते । बाराको पचरौता नगरपालिका वाडा नम्बर १ स्थित मुसहरी टोलबाट शुक्रबार लागू औषध गाँजासहित एक जना भारतिय नागरिकलाई पक्राउ गरेको छ । ईलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी टोलिले जिल्ला बारा पचरौता न.पा.वडा नं. १ मुसहरीटोल स्थित मकै बारी हुँदै टाउकोमा बोकी नेपालबाट भारत तर्फ ओसार पसार गर्दै गरेको अवस्थामा ४ पोका ६० कि.ग्राम लागू औषध गाँजासहित १ जान भारतीय नागरिक लाई पक्राउ गरेको गरेको छ । पक्राउ पार्नेमा भारत बिहार पुर्बी चम्पारण पञ्चायत बिजवनी थाना जितना ग्राम रेगनीया बस्ने अ.बर्ष २५ को राजबिहारी कुमार रहेको प्रहरीले जनाएको छ ।                    यस्तै बिशेष सूचनाको आधारमा ईलाका प्रहरी कार्यालय सिमरा बारा बाट खटिएको प्रहरी टेलिले जीतपुर सिमरा उप-महानगरपालिका वडा नं.३ बजनी स्थित हेटौडाबाट वीरगंज तर्फ जाँदै गरेको ना ५ ख २५०४ नम्बरको मिनी ट्रकलाई रोकी चेक जाँच गर्दा लुकाई छिपाई लगी रहेको १९ पोका ३०५ कि.ग्राम लागू औषध गाँजा वरामद गरी ट्रक सहित ओसार पसार कार्यमा संलग्न रहेका ३ जना व्यक्तिलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा ट्रक चालक जिल्ला मकवानपुर कैलास गा.पा.०४ बस्ने वर्ष अं.३२ को राजन लामा , ट्रकमा सवार जिल्ला मकवानपुर हेटौडा उ.म.न.पा.३ बस्ने वर्ष अं.३३ को ईश्वर लोप्चन र ओसार पसारमा संलग्न जिल्ला मकवानपुर कैलास गा.पा.१० बस्ने वर्ष अं.२७ को जिवन ठोकर रहेको प्रहरीले जनाएको छ ।
त्यस्तै ईलाक प्रहरी कार्यालय प्रसौनी बाराबाट खटिएको प्रहरी टोलीले प्रसौनी गा.पा.वडा नं.४ खुटवा बस्ने अं.वर्ष ३१ को पवन कुमार साहले आफ्नै घरमा विक्री वितरण गर्ने र लुकाई छिपाई राखेको लागू औषध गाँजा २ किलो १४० ग्राम वरामद गरी निज पवन कुमार साहलाई नियन्त्रणमा लिई आवश्यक कानूनी कारवाही प्रकृया अगाडी बढाईएको बारा प्रहरी प्रवक्ता डीएसपी विजयराज पण्डितले जनाएका छ्न ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close