तस्करी गराएको आरोपमा एसपी धिमालको सरुवा

बिरगंज , ८ असार । सशस्त्र प्रहरी बल नेपाल नम्वर १३ का गणपति एवं एसपी राधेश्याम धि्मालको जिम्मेवारी खोसिएको छ ।
तस्कर संग साँठगाँठ राखेर तस्करी गराउदै आएका सशस्त्र प्रहरी बल नम्वर १३ गण पर्साका एसपी धिमाल जिम्मेवारी खोसिदै सशस्त्र प्रहरी मुख्यालयमा तानिएको हो ।
लामो समय देखि सशस्त्र प्रहरी बल नम्वर १३ गण पर्सामा कार्यरत रहेका एसपी धिमालले तस्कर संग साँठगाँठ राखेर दैनिक लाखौं लाखको तस्करी गराएर राजस्वमा प्रतिकुल असर पुर्याउदै आएको आरोपमा निजलाई तानेर सशस्त्र प्रहरी बल नम्वर ९ गण महोत्तरीका एसपी पुरणचन्द भट्टराईलाई सशस्त्र प्रहरी मुख्यालय हलचक काठमाडौले पदास्थापन गरेको बताइएको छ ।
एआईजी नारायण दत्त पौडेलको लविङमा रहेर एसपी धिमाल पुनः अर्को कार्यकाल सम्म बस्ने सेटिंगमा रहेपनि उनी विरुद्ध आर्थीक चलखेलको आधारमा राजस्व प्रभावित गराएको चार्ज लागेको श्रोतबाट बुझिएको छ ।
सशस्त्र प्रहरी मुख्याल हलचक काठमाडौंले २४ जना एसपीहरुको जिम्मेवारी हेरेफेर गर्दै सरुवा गरेको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close