नगरपालिकाको कार्यालयमा भएको तोडफोडको घटना बारे सिम्रौनगढका नगर प्रमुखद्धारा पत्रकार सम्मेलन

कलैया,  –
बाराको एतिहासिक स्थल सिम्रौनगढ नगरपालिकामा भएको तोडफोड कसरी भयो भन्ने बारेमा नगर सभाहलमा पत्रकार सम्मेलन भएको छ । सिम्रौनगढ नगरपालिकामा मंगलवार भएको अकल्पनिय घाटनाको बारेमा सम्पुणर् नगरवासी तथा सम्बन्धित निकाय लाई ध्यानकर्षण गराउन पत्रकार सम्मेलन गरिएको नगर प्रमुखले बताउनु भयो ।
केही वडा अध्यक्षज्युहरुको इसारामा बिधार्थीहरुलाई उचाली घटना भएको कारणले स्थानिय सरकारको भवना अनुरूप नगरबासीलाई सेवा प्रवाह गर्न कठीन परिस्थति सृजना भएको सिम्रौनगढ लगरपालिकाका नगर प्रमुख किशोरी प्रसाद कलवारले बताउनु भएको छ नगर प्रमुख कलवारका अनुसार निज वडा अध्यक्षहरूले दैनिक नगर कार्यपालिकाको कार्यालयमा पुगि काममा हस्तक्षेप गर्ने कार्यपालिकाबाट प्रवाह हुने सेवामा नगर प्रमुख तथा कार्यालय प्रमुख र शाखा प्रमुखहरू लाई धम्काउने जस्ता अराजक व्यवहार अपनाउने कार्य गर्दै आएको अवस्थारहेको छ ।
वडा नं. ४ का वडा अध्यक्ष अवधेश सहनीले नगरपालिकाको कार्यालयमा पुगी दर्ता चलानी रजिष्ट्र समेत खोसी लगेको र सार्बजनिक श्रेस्ता हिनामिना गरेको नगर प्रमुख कलवारले जानकारी गराउनु भयो । सो विषयमा आफु जिल्ला प्रशासन तथा स्थानिय प्रशासन लाई फोनको माध्यम बाट जानकारी गराउदा समेत हाल सम्म प्रशासन मौन रहेको नगर प्रमुख कलवारले जनाउनु भयो ।

सोही पत्रकार सम्मेलनमा उहाले नगरपालिकाको आ.व. २०७८/०७९ को आर्थिक प्रतिवेदन लेखा अधिकृत स्रबेन्द्र चौधरी संग पटक पटक लिखित र मौखिक समेत मांगदा पनि निजले अटेर गरी हाल सम्म नबुझाएको बताउनु भयो साथै क्रमचारीहरुको तलब सहितआर्थिक कामकाज सुचारु गराउनका लागि समेत लेखा अधिकृत चौधरीलाई अख्तीयारी दिने पत्र समेत पठाउदा पनि हाल सम्म खाता सञ्चालन गराउन नसेकोले विकासको काम अगाडी नबढेको नगर प्रमुखले बताउनु भयो । यही अशोज ४ मंगलवार भएको घटना विगतमा अवरोध पुर्याउदै आएका वडा अध्यक्षहरूको पूर्व सुनुयोजित कार्य अन्तर्गत नगर प्रमुख लाई मानविय क्षति पुर्याउने उद्देश्यले मासुम विद्यार्थीहरुलाई परिचालन गराएर नगर पालिका कार्यालयमा तोडफोड गराइृ ८५ लाख ७० हजारको क्षती गराएको आरोप समेत नगरप्रमुख कलवारले लगाउनु भएको छ ।

उक्त पत्रकार सम्मेलनमा आ.ब. २०७८/०७९ मा कोभिड़-१९ को महामारीको बेला रोजगरी गुमाएका प्रभावित परिवारहरु लाई १० हजारको दरले दिने रकम १ करोड ३७ लाख प्रदान गरिने राहत एम्बुलेन्स खरिदका लागी विनियोजित बजेटबाट एम्बुलेन्स समेत खरिद नगरी उक्त बजेट को रकम दुरुपयोग भएको कलाकारले बताउनु भयो । नेपली काँग्रेसका प्रत्यासी नगर उप प्रमुखका उम्मेदवार लाई चुनाव पश्चात निजलाई छात्रवृतिको नाममा भुक्तानि गरिएको तथा आर्थिक सहायताको नाममा नागरिकता संकलन गरी एकमुष्ट रकम पटक पटक निकास गरी दुरुपयोग गरिएको पत्रकार सम्मेलनमा जानकारी गराईएको छ ।
त्यस्तै प्रधानमन्त्री शैक्षिक सुधार आयोजनाको रकम, सेनेटरी पैडको रकम नगरपालिका भरि वाइफाई जड़ान गरी करौडौको रकम प्रक्रिया नपुर्‍याइ तथा विभिन्न योजनाहरु पुर्व नगर प्रमुखको आदेशमा तत्कालिन प्रमुख प्रशासकिय अधिकृत र लेख अधिकृतको मिलोमतोमा रकम हिनामिना गरेको आयोजित पत्रकार सम्मेलनमा नगरप्रमुखले जानकारी गराउनु भएको छ । उक्त सन्दर्भमा प्रतिवेदन मांग्दा सधै आलटाल गर्दै आएकोमा वडा नं., ३ र ४ का वडा अध्यक्षहरुको मिलोमतोमा विधार्थिहरू लाई परिचालन गरी लेखा अधिकृत तथा तत्कालिन प्रमुख प्रशासकिय अधिकृत र पूर्व नगर प्रमुखलाई जोगाउन लेखाको अभिलेख समेत नष्ट पार्ने योजना रहेपनी अभिलेख सुरक्षित रहेकोमा तत्कालै अनुस्नधान निकायले अनुसंधान गर्न लाई समेत ध्यानाकर्षण गराएको प्रमुख कलवारलबताउनु भएको छ ।

आ.व. २०७८/०७९मा मदेश प्रदेशमै सबै भन्दा बढी सिम्रौनगढ नगरपालिकामा भ्रष्टाचार भएको नगर प्रमुख कलवारको दाबी रहेको छ । सिम्रौनगढ नगरपालिकामा भ्रमणका लागि रकम माग्न आएको बिधार्थीहरुले नगरपालिका कार्यालयमा तोडफोड गरि पुरयाएको क्षती उपर छानविन गरी दोषी लाई कार्यावाहि गर्न जिल्ला प्रशासन तथा अनुस्नधान गर्ने निकाय समेत लाई अनुरोध गर्नु भएको छ ।
यता उक्त घटनाको बारेमा बुझन कंकाली मा.वि. सिम्रौनगढ लगायत कचोर्वा र खजानी मा.वि का प्रधानाध्यापकरुलाई जिल्ला प्रहरी कार्यालय बारामा बोलाई बोलाइ प्रहरी उपरिक्षक हुमेन्द्र बेगटीले छलफल गर्नु भएको थियो ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close