मधेसको नीति तथा कार्यक्रम : छात्रालाई साइकलदेखि ल्यापटपसम्म

मधेस सरकारले कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप वितरण गर्ने भएको छ । आइतबार प्रस्तुत गरिएको प्रदेश सरकारको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा कक्षा ८ मा अध्ययन गर्ने छात्रालाई साइकल र १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप वितरण उल्लेख गरिएको छ ।
प्रदेशसभा आइतबार प्रदेश प्रमुख हरिशंकर मिश्रले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै “बेटी पढाऔँ” बेटी बचाऔँ” अभियान अन्तर्गत सामुदायिक विद्यालयमा कक्षा ८ मा अध्ययनरत छोरीलाई साइकल र कक्षा १२ अध्ययन गर्ने छात्रालाई ल्यापटप दिने बताएका हुन् । आगामी आर्थिक वर्षदेखि साइकल किन्ने रकम सिधै विद्यालयमा पठाउने नीति लिइएको छ । यसअघि मुख्यमन्त्री तथा मन्त्रिपरिषद कार्यालयले आफैं खरीद गरेर विद्यालयलाई साइकल उपलब्ध गराउँदै आएको थियो ।
आफ्नो प्रतिक्रिया दिनुहोस







