बारामा युरिया र डिएपी मल बिनाको ३ बिगहामा राम्रो धान उत्पादन

राम बाबू मेहता- कार्तिक ५ गते । बाराको एक गाउँका किसनले युरिया र डिएअपी मलको प्रयोग नगरी ३ बिगहामा राम्रो धान खेती गरेको पाइएको छ । बाराको कोल्हबी नगर पालिका स्थित परसौना बजार नजिकै रहेको सोना भारका छबिलाल चौधरीले आफ्नो ३ बिगहा खेतमा युरिया र डिएपी रहीत धान उप्जाएका छ्न । चौधरीका अनुसार युरिया र डिएपी मलले माटोको उरबरा शक्तिलाई कम्जोर बनाउने गरेको ले आफू अब आफैले तयार गरेको अर्गेनीक मलबाट खेती गर्न लागेको छु ।
यस्का लागि कुन्ज एग्रो एण्ड पोल्टि सप्लीमेन्ट प्रा.ली.द्वारा उत्पादित मदर बैक्टेरिया एउटा ड्र्ममा एक लिटर र ९७ लिटर पानी अनि ३ लिटर दही राखेर १२ दिन घाममा राखेर त्यार गरिन्छ र त्यो एक सय लिटर अर्गेनिक मल त्यार हुन्छ जस्लाइ १० कठ्ठा बालीको लागि प्रोयोग गरिएको छ । चौधरी अरु किसान लाई पनि भन्छन् माटो बचाउ , उर्बरा शक्त बढाउ आफैले मल त्यार गरौ र आत्मनिर्भर बनौ ।





