२ किलो अफिमसहित बाराका २ जना पक्राउ

हेटौंडा —मकवानपुर प्रहरीले अफिमसहित बारा जिल्लाका दुई युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा कलैया उप महानगरपालिका–४ का १८ वर्षीय दिपक साह र सिम्रनगढ नगर पालिका–१ का १९ वर्षीय शसि मुखियालाई प्रहरीले जनाएको छ । प्रहरीले उनीहरुको साथबाट २ किलो १ सय ४० ग्राम अफिम बरामद गरेको छ । राक्सिराङ गाउँपालिका–५ बोटवारी नजिकबाट झोला बोकेर हिडिँरहेको अवस्थामा प्रहरीले शंका लागि खानतलासी गर्दा उनीहरुको झोलाभित्र अफिम फेला परेको हो । प्लाष्टिकले बेरेर ल्याएको अफिमसहित पक्राउ परेका दुवै जनाविरुद्ध थप अनुसन्धान भइरहेको हेटौंडाका प्रहरी नायब उपरीक्षक प्रहरी प्रवक्ता श्यामु अर्यालले जानकारी दिए ।
आफ्नो प्रतिक्रिया दिनुहोस