३ वटा ट्रक सहित १ करोड २९ लाख बराबरको मालसमान प्रहरीको नियन्त्रणमा


बारा, भदौ ६ गते । बारा प्रहरीले बिल बिजक भन्दा बढी मालरहेको ३ ट्रक सहित एक करोड २९ लाख बराबरको माल समान नियन्त्रणमा लिएको छ ।
विशेष सुचनाको आधारमा जिल्ला प्रहरी कार्यालय बारा र मातहत प्रहरी ईकाइ कार्यालय समेत बाट खटिएको प्रहरीको टोलीले जीतपुर सिमरा उप– महानगरपालिका वाड नं.७ जीतपुरमा वीरगंजबाट पथलैया तर्फ जादै गरेको ४ ख ८८७५ नम्बरको को ट्रकमा लोड गरेको अ.मुल्य रू. ३३ लाख ३२ हजार २ सय २६ बराबरको किराना सामान, नरिवल लगायत हार्डवेयरका तथा अन्य खुद्रा समानहरू नियन्त्रणमा लिएको हो ।

यस्तै वीरगंजबाट पथलैया तर्फ जादै गरेको ना ७ ख ५९२६ नम्बरको डिब्बा ट्रकमा लोड गरेको अं. मुल्य रू. २८लाख ९५ हजार ७ सात सय १३ बराबरकाLadies Suit, Glass prem samite,Water proof glue लगायतका अन्य खुद्रा समानहरू नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । यस्तै जीतपुर सिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोक स्थितमा बीरगंजबाट काठमाण्डौँ तर्फ जादै गरेको ना ३ ख ७३४२ नम्बरको डिब्बे ट्रकमा लोड गरेको अं. मुल्य रू. ६६ लाख ९० हजार १ सय ३१ बराबरको कपडा, ग्लास, फोटो पिक्चर, लेडिज सुट, रिबन, पुजा सामाग्रीह तथा अन्य खुद्रा सामानहरू बुधवार नियन्त्रणमा लिएको हो ।

गाडीहरूलाई रोकी चेक जाँच गर्दा बिल भिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेको अं.मुल्य रू. १ करोड २९ लाख १८ हजार ७० रूपैया बराबरको समानहरू नियन्त्रणमा लिई आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय, पथलैया बारा पठाईएको जिल्ला प्रहरी कार्यालय बारा प्रवक्ता डीएसपी प्रकाश सापकोटाले जानकारी गराए ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close