३१ लाख बराबरको समान सहित ट्रक कारवाहीको लागी राजश्व कार्यालयमा बुझाईयो

रामबाबु मेहता, भदौ २७ । बारा प्रहरीले बिभिन्न स्थान बाट भन्सार छलीका र बिल बिजक भन्दा बढि समानको स्रोत खुलाउन नसकेका अन्दाजी मूल्य रू.३१ लाख ५१ हजार ४ सय ६९ रूपैया बराबरको विभिन्न समानहरू नियन्त्रणमा लिएको छ ।
कलैया उ.म.न.पा.वडा नं.१ कलैया चोक स्थितमा भन्सार छली गरी ल्याउदै गरेको १८ पोका रेडिमेट कपडा, सेण्डो गन्जी ४० पिस, हाप कट्टु १८ पिस, सुतिको गम्छा २६ पिस गरी अं.मुल्य रू. १८,हजार बराबरको यस्तै.प्रहरी ईलाका प्रहरी कार्यालय जीतपुरले बुधवार जीतपुर सिमरा उ.म.न.पा.वडा नं.७ जीतपुर चौक बाट ना. १ ज ३२४२ नं.को म्याजिक गाडीलाई रोकी चेकजाचँ गर्दा डिक्की भित्र लुकाई छिपाई लगि रहेको अं.मुल्य रू.९हजार बराबरको २ बोरा चिनी नियन्त्रणमा लिएको हो ।
यस्तै बिरगंज बाट काठमाण्डौ तर्फ जादै गरेको ना.७ ज ५९२७ नं.को डिब्बे ट्रकलाई रोकी चेकजाचँ गर्दा विलविजक भन्दा बढी र सामान श्रोत खुलाउन नसकेको अ.मुल्य रू. २७, लाख ५० हजार ५ पाचँ सय ८९ बराबरको खुद्रा सामान सहित डिब्बा ट्रक प्रहरीले नियन्त्रणमा लिएको हो ।


सोही क्रममा बिश्रामपुर गा.पा.२ घोडासहन बाट भन्सार छली गरी ल्याउदै गरेको अं.मुल्य रू.२०हजार बराबरको किसमिस र प्रहरी चौकी पथलैयाले जीतपुर सिमरा उ.म.न.पा.वडा नं.१ पथलैया चौकमा बिराटनगर बाट काठमाण्डौँ तर्फ जादै गरेको प्र. १–०२–००२– ख ०१६२ नं.को बसलाई रोकी चेक जाँच गर्दा बिल बिजक भन्दा बढी रहेको अं.मुल्य रू.३ लाख १६ हजार ८ सय बराबरको ३ सय ९६ पिस कपडा नियन्त्रणमा लिएको हो ।
यस्तै रौतहटबाट काठमाण्डौँ तर्फ जादै गरेको प्र.०३–००१ ख २४९७ नं.को बसलाई पथलैया चौकमा रोकी चेकजाचँ गर्दा बसको डिक्की भित्र लुकाई छिपाई लगी रहेको अं.मुल्य रू.२७, हजार बराबरको ५० किलो, चिनी ४ सय किलो प्याज, ४० किलो सुर्ती नियन्त्रणमा लिएको छ भने सिम्रौनगढ अन्र्तगतको प्रहरी चौकी कचोर्वाले सिम्रौनगढ न.पा.वडा नं.९ बसवरीया बाट भन्सार छली गरी ल्याउदै गरेको अं.मुल्य रू.१० हजार बराबरको ६ कार्टुन मजा जुस नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । नियन्त्रणमा रहेको समान र ट्रक आवश्यक कारवाहीको लागी आन्तरिक राजश्व कार्यालय पथलैया बुझाईएको प्रहरी प्रवक्ता डिएसपी प्रकाश सापकोटाले जानकारी गराएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close