Trending
१ लाख ५ हजार बराबरको अबैध मोबाईको डिसप्ले प्रहरीको नियन्त्रणमा

मुकेश कुमार महतो,
बारा प्रहरीले १ लाख ५ हजार बराबरको मोबाइलको डिसप्ले नियन्त्रणमा लिएको छ । वीरगंजबाट नारायणगढ तर्फ जादै गरेको बा.प्र.०३–००१ ज ३२० नं.को ई–माईक्रोलाई प्रहरी चौकी पथलैया बाट खटिएको प्रहरी टोलिले जिल्लाको जीतपुरसिमरा उप–महानगरपालिका वडा नं.१ पथलैया चोकमा रोकी चेक जाँच गर्दा लुकाई छिपाई राखेको बिल भरपाई नभएको ७० पिस मोबाईलको डिसप्ले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।
नियन्त्रणमा लिएका डिसप्ले आवश्यक कारवाहीको लागी राजश्व अनुसन्धान कार्यालय, पथलैया पठाईएको बाराका प्रहरी प्रहरी प्रवक्ता उपरिक्षक दधिराम न्यौपानेले जनाएको छ ।
आफ्नो प्रतिक्रिया दिनुहोस






