सिम्रौनगढबाट २०१ किलो लागू औषध गाँजा सहित दुईजना पक्राउ

रामबाबु मेहता
१५ असाढ ,
बाराको सिम्रौनगढबाट प्रहरीले ठूलो मात्रामा प्रतिबन्धित लागू औषध गाँजा सहित दुईजनालाई पक्राउ गरेको छ । उक्राउ पर्नेमा धादिङ जिल्लाको निलकण्ठ नगरपालिका –८ निवासी २२ को सुजन अधिकारी र धादिङकै ज्वालामुखी नगरपालिका–१ निवासी वर्ष–२३ को रमेश नेपाली रहेको बारा प्रहरीले जनाएको छ ।
गोप्य सूचनाको अधारमा गए राति करिब १० बजे ईलाका प्रहरी कार्यालय सिम्रौनगढको प्रहरी निरीक्षक नवीन राईको नेतृत्वमा रहेको प्रहरीको टोलीले बागमती प्रदेश ०१– ०२९ च ६७५२ नम्बरको टाटा कम्पनीको पिकअप गाडीमा गाँजा ढुवानी हुदैछ भन्ने आएको गोप्य सूचनाको आधारमो सिम्रौनगढ–५ ठूलो ईटवाल गााउँबाट गाँजा सहित चालक र सहचालकलाई उक्राउ गरिएको प्रहरीले जनाएको छ ।
पक्राउ गरिएका उनीहरु संग सोधपुछ गर्दा स्थानीय मनोज कुमार साहको घरमा गाडीबाट गाँजा झारेको बयान दिएपछि मनोजकुमारको घरमा खान तलासी गर्दा १६ पोकामा रहेको २०१ किलो प्रतिबन्धित लागू औषध गाँजा बरामद गरेको प्रहरी निरीक्षक राईले जानकारी गराए
पिकअप गाँजा सहित पक्राउ गरिएका दुवैजनाउपर थप अनुसन्धान भईरहेको प्रहरी निरीक्षक राईले राइले जनाए । पक्राउ परेका दुबै जना पिकअप गाडीको चालक र सहचालक रहेका छन् ।






