राजनितिक दबाबले वीरगंजका मेयर राजेशमान बुवा भएको रुबिना श्रेष्ठको नागरिकता छानबिनमा ढिलाइ -गगन थापा

वीरगंज । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले सत्ता गठबन्धन दलमा आबद्ध भएकै कारण वीरगंज महानगरपालिकाका मेयर राजेशमान सिंहले आफनै छोरी बनाई रुबिना श्रेष्ठलाई २०७५ सालमा दिलाएको किर्ते नागरिकता छानबिन हुन नसकेको बताएका छन् ।
वीरगंजबाट प्रकाशित हुने अङ्कुश दैनिक पत्रिकाले २५ वर्ष पूरा गरेको अवसरमा शनिवार आयोजित रजत महोत्सव कार्यक्रमलाई सम्बोधन गर्दै कांग्रेस महामन्त्री गगन थापाले पछिल्लो समय राज्यले व्यक्ति र पद हेरेर फरक–फरक व्यवहार गरिरहेकाले मेयर सिंहको नागरिकता छानबिन हुन नसकेको बताएका छन् ।

उनले एउटा कुनै व्यक्तिले नागरिकतामा किर्ते ग¥यो भने, त्यो नागरिकता किर्ते गर्ने व्यक्ति तत्काल थुनामा पुग्छ । तर कुनै व्यक्ति कुनै एउटा राजनीतिक दलमा छ वा पदमा छ भने, छुट पाइरहेको हुन्छ । त्यो राजनीतिक दलका नेताले अहिले गठबन्धनको बैठकमा बस्ने हैसियत राख्छ त्यही कारणले छुट पाएको हुन्छ । पहुँचका आधारमा यस्तो पनि स्टेट हुन्छ ?’ पूर्वमन्त्री गगन थापाले प्रश्न गरे, ‘राज्यका लागि त सबै बराबर हो यस्तो सवालमा जो गलत गर्छ, त्यसमा निर्धक्क रूपमा मिडियाले प्रश्न गर्न सक्नुपर्छ । ताकि मैले नक्कली नागरिकता बनाउनेलाई छुट दिएमा, मलाई सञ्चारमाध्यमले छोड्दैनन् । यो डर हुनुपर्छ, यो वातावरणको सिर्जना मिडियाले गर्नुपर्छ ।’
महामन्त्री थापाले राजनीतिक दलले गर्नुपर्ने सुधारका विषयहरूबारे चर्चा गरेका थिए । सबैलाई आ–आफ्नो ठाउँबाट सुधारको प्रयासको थालनी गर्यो भने देशमा व्यापक परिवर्तन हुने बताएका छन् । राजनीतिक, प्रशासनिकसहितका हरेक क्षेत्रमा देखिएका समस्याहरूबारे मिडियाले कलमबाट घच्घच्याइरहनुपर्ने उनको भनाई छ ।

                 

पर्सा जिल्ला प्रशासन कार्यालयको नागरिकताको डाटाअनुसार २०७५ साउन १३ गतेको क्रमसंख्या ३ मा नागरिकता नम्बर ३४–०१–७५–८८८४७ राखिएको छ । जसमा नागरिकता लिने व्यक्ति २०५९ असार ३० गते जन्मिएकी रुबिना श्रेष्ठ हुन् । नागरिकताको सनाखत गर्ने व्यक्तिको नाम राजेशमान सिंहसहित उनको नागरिकता नम्बर ३४१६०३८८८१७ उल्लेख रहेको छ । नागरिकता लिनेको औँठा छापसँगै रुबिनाको तस्विर पनि टाँसिएको छ । यो सँगै बाबुको नाममा राजेशमान सिंह राखेर रुबिना श्रेष्ठका नाममा तत्कालिन प्रशासकीय अधिकृत षड्कुमार पोखरेलले नागरिकता जारी गरिदिएको विवरण प्राप्त भएको छ ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close