मिटर ब्याजीहरु आतिए , प्रजिअ र प्रहरी प्रमुख विरुद्ध उच्च अदालतमा गराए उजुरी.दर्ता

रामबाबु मेहता-
अनुचित लेनदेनको विषयमा दुबै पक्षलाई बोलाइ छलफलको माध्यमबाट जिल्ला प्रशासन कार्यालय बाराले धमाधम मुद्धा मिलापत्र गराई रहदा अदालतको फैसला अवहेलना गरेको भन्दै मिटर ब्याजी साहुहरुले प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुख विरुद्ध साहुहरु आतिएर उच्च अदालतमा एक दर्जन भन्दा बढी उजुरी दर्ता गराएका छन् ।
वास्तविक रकम भन्दा दोबर,तेबर र चार गुणा समेतको कपाली तमसुक गराई बिच बिचमा ३६ देखि ६० प्रतिशत सम्म मासिक ब्याज समेत लिदै गरेको र ब्याज दिन बन्द गरे पछि साहुले अदालतमा मुद्धा गरि असुल उपर गर्ने परम्परा बिरुद्ध सरकारले ल्याएको ऐनलाई टेकेर जिल्ला प्रहरी कार्यालय बारामा मुद्धा फर्छौट गराउदा साहुहरुले आतिएर प्रमुख जिल्ला अधिकारी नवराज सापकोटा र प्रहरी उपरिक्षक होबिन्द्र बोगटी उपर उच्च अदालतमा उजुरी दर्ता गराएको ब्याज पिडितहरु बताउछन् ।
यता अदालतको फैसला कार्यान्वयन गर्न स्थानीय प्रशासनले आलटाल गरेको भन्दै प्रमुख जिल्ला अधिकारी सापकोटा र प्रहरी उपरिक्षक बोगटी विरुद्ध उच्च अदालतमा उजुरी दर्ता गराएको साहुहरुको भनाइ रहेको छ ।
उच्च अदालत जनकपुर अस्थायी इजलास वीरगञ्जमा ३ दर्जनभन्दा बढी उजुरी परेको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ । पीडितहरुले जिल्ला अदालतको फैसला अवहेलना भएको भन्दै फैसला कार्यान्वयनका लागि अन्तरिम आदेशसहितको निषेधाज्ञा माग गर्दै उच्च अदालतमा निवेदन दिएका छन् ।
अदालतमा विचाराधीन मुद्दा र फैसला भइसकेको मुद्दामा स्थानीय प्रशासनले हस्तक्षेप गरेर दुवै पक्षलाई झिकाएर छलफल गराउने गरेको छ । जसका कारण अदालतको फैसलाको अवहेलना भएको भन्दै न्यायाधीशहरुले नै आपत्ति जनाएका छन् ।





