तलबको माग गर्दै सिम्रौनगढको सामुदायिक बिधालय बन्द गरि शिक्षक धर्नामा

शुभम सन्देश, सिम्रौनगढ
बाराको सिम्रौनगढ नगरपालिका अन्तर्गतका सबै सामुदायिक विद्यालयहरुमा बिहीवार देखि पढनपाठन बन्द भएका छन ।
बिधालयमा अनिश्चित काल पठनपाठन बन्द हुदा नगर भित्र रहेको ३२ वटा सामुादायिक बिधालयमा पढने गरिब किसानको बालबालिकाको भविष्य डुब्ने सम्भावना बढदै गैको छ ।
लामो समयदेखि तलब नपाएपछि आन्दोलनरत शिक्षकहरुले ५० दिन देखि धर्नामा बस्दै आएका शिक्षकहरुले तलब नपाउदा बाध्य भएर बुधवार नगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत जयनारायणप्रसाद यादवलाई विद्यालयको साचो बुझाएर बिहीवारबाट विद्यालय बन्द गर्ने जानकारी गराएका थिए ।
नगरपालिकाका शिक्षकहरु तलब माग गर्दै विगत ५१ दिनदेखि नगरपालिका कार्यालयको अगााडी धर्नामा बस्दै आएका छन ।
आन्दोलनरत शिक्षकहरुको पूर्वनिर्धारित कार्यक्रमअनुसार विद्यालय बन्द गरेर नगरपालिकाका सबै शिक्षकहरुले धर्ना दिन लागेका हुन ।
यसअघि नगरपालिका क्षेत्रका विद्यालयबाट एक÷एक जना प्रतिनिधि शिक्षक उपस्थित भएर कार्यालयमा धर्ना दिदैआएका थिए । तलब पाउनुपर्ने माग राखेर पठनपाठन अवरुद्ध नहुने गरी धर्ना दिदैआएको शिक्षक संघ सिम्रौनगढ नगर अध्यक्ष उमाशंकर प्रसाद यादवले बताए ।
अध्यक्ष यादवले आफूहरुको सांकेतिक आन्दोलनप्रति नगरपालिका गम्भीर नभएकाले आफुहरु विद्यालयको पठनपाठन बन्द गरेर धर्ना दिनुपरेको बताए ।
उनले आन्दोलनलाई निर्णायक पार्न विद्यालय बन्द गरेर धर्ना दिन लागिएको समेत बताए । सिम्रौनगगढ नगरपालिकाका पाँच वटा माध्यमिकसहित ३२ वटा सामुदायिक विद्यालयहरु १ सय ९० शिक्षक कर्मचारी कार्यरत छन । शिक्षकसंगै तलब नपाएपछि सिम्रौनगढमा करार, अस्थायी र ज्यालादारीमा भर्ना गरिएका कर्मचारीहरु पनि आन्दोलनमा रहेकाछन ।
नगर प्रमुख किशोरी प्रसाद जयसवाल र बहुमत कार्यपालिका सदस्यहरुबीचको बिबादका कारण समयमा नगर परिषद सम्पन्न नहुदा साथै बिगतमा भएको बिकासको कार्यमा भएको अनिमितता भ्रष्टाचरी तथा बेरुजु रकम कामै नगरि भुक्तानी दिइएका रकम, आनावशयक इनधन खर्चका कारण प्रमुख प्रशासकीय अधिकृत,लेखा अधिकृत,जिनसी शाखा प्रमुख,इन्जीनियर,ओभरसियर लयायतका अधिकांश स्थायी क्रमचारीहरु निलम्बनमा परेका छन् ।
दरबन्दी अनुसारको कर्मचारी अभाव हुदा समेत मन्त्रालय र बिभागले कोही कर्मचारी पठाउन नचाहेको र सिम्रौनगढ आएको कर्मचारी पनि पालिकाको जन प्रतिनिधि बिचको बिवादका कारण डरले पुन्ह फर्केर जाने गरेको स्थानियहरु बताउछन् ।
तिहार नजिकै तलब भता र समाजिक सुरक्षा भता बितरण गराइ दिने उदेश्यले सोही नगरपालका कार्यालयमा कार्यरत सातौ तहका कर्मचारी जयनरायण यादवलाई मन्त्रालयले अर्को ब्यवस्था नहुनजेल एक महिनाको लागि निमित प्रमुख प्रशासकिय अधिकृतको जिमेवारी दिए पनि हाल सम्म नगरपालिका कार्यालयको खाता सञ्चालन नभएकोको तलब पाउन नसकेको कर्मचारीहरु बताउछन् । नगरपालिकामा कर्मचारीले तलब तथा निर्वाचित वडा अध्यक्षहरूले खर्च विवरण सार्वजनिक गर्न माग राख्दै पालिकाको सम्पूर्ण कामकाज बन्द गरी कात्तिक ७ गतेदेखि मूल गेटमा धर्ना बस्दै आएका छन् ।
यसै गरी विगत ४ महिनादेखि नगर अस्पतालका केही कर्मचारीलाई नगर प्रमुख कलवारले हटाएपछि त्यसको विरोधमा सो अस्पताल नै बन्द गरी कर्मचारी पनि आन्दोलनमा बसेका हुन् ।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close