कृपा दैनिकले स्थापना गरेको दुई पुरस्कारबाट तीन कृयाशिलपत्रकारलाई नगद सहित पुरस्कृत गरिने

कलैया,१७ माघ
बाराजिल्लाको सबैभन्दा पुरानो कृपा दैनिकपत्रिकाले स्थापना गरेको स्वर्गीय नवजान स्मृति पुरस्कार तथाचन्द्रप्रसादखनाल स्मृतिपत्रकारिता पुरस्कारबाट बारा सहित रौतहट र सर्लाहीका गरी तीनजना कृयाशिलपत्रकारलाई प्रदानगर्ने निर्णय भएको छ । बुधबार कृपा दैनिकको वीरगन्ज स्थित कार्यालयमा बसेको पुरस्कार छनौट समितिको बैठकले रु. ५० हजारको धनराशी रहेको नवजान स्मृतिपत्रकारिता पुरस्कारबाट रौतहटका कृयाशिलपत्रकार फणी महततथा सर्लाहीमा कृयाशिलपत्रकार ओमप्रकाश ठाकुरलाई प्रदानगर्ने निर्णय गरेको हो ।

महत र ठाकुरलाई सम्मानपत्र सहित रु. २५,२५ हजारका दरले नगद रकम सहित पुरस्कृत गर्ने निर्णय गरेको कृपा दैनिककाकार्यकारी सम्पादकएवम् पुरस्कार छनौट समितिका संयोजक कृष्णउदास खनालले जानकारी दिनुभयो । यसरी नै कार्यकारी सम्पादकखनालकै पिताचन्द्रप्रसादखनालको नाउँमाबिगत १६ बर्ष अगाडि स्थापनागरिएको चन्द्रप्रसादखनाल स्मृतिपत्रकारिता पुरस्कारबाट बारामा कृयाशिलपत्रकार महिलाशारदा पोखरेललाई नगद १० हजार सहित सम्मान पत्रबाट पुरस्कृत गर्ने निर्णय भएको कृपा दैनिकका सम्पादकगोकुल घोरसाइनेले जानकारी दिनुभयो।
बिगतदुई बर्ष कोरोना सहित कृपा दैनिककाप्रधानसम्पादकनवराजउपाध्यायको निधनभएकाले स्थगितभएको पुरस्कार बितरण कार्यक्रमअबभने कृपा दैनिकको बार्षिकोत्सवमा हरेक बर्ष बितरण गरिने कृपा दैनिकपत्रिकाका संस्थापक सम्पादकएवम् पुरस्कार छनौट समितिका संरक्षक कमलकुमार उपाध्यायले बताउनुभयो । आगामीफागुन ५ गते बाराको निजगढमा आयोजनागरिने कृपा दैनिकको २० औं बार्षिकोत्सवकाअवसरमायी पुरस्कारहरु बितरण गरिने पनिउपाध्यायले जानकारी दिनुभयो । कृपा दैनिकले आफ्नो २० औं बार्षिकोत्सवयहीफागुन ५ गते निजगढमा एक बिशेष कार्यक्रमको आयोजना गरी मनाउने तयारी गरिरहेको छ । कृपा दैनिकले पत्रिकाकाप्रधानसम्पादकनवराजउपाध्यायकीधर्मपत्नी उमा(जानकी)देवीउपाध्यायको नाउँमा २०७२ सालबाट यो पुरस्कार स्थापना गरी बितरण गर्दै आइरहेको छ भने स्वर्गीय प्रधानसम्पादकनवराजउपाध्यायको नाउँमा यस पटक पहिलो पुरस्कार प्रदानगर्न लागेको हो भने चन्द्रप्रसादखनाल स्मृतिपत्रकारिता पुरस्कार भने २०६६ सालबाट स्थापना गरी निरन्तर बितरण गर्दै आइरहेको छ ।






