मधेश प्रदेशमा असंवैधानिक नियुक्तिविरुद्ध सात दलको प्रदर्शन

बारा, रामबाबु मेहता

मधेश प्रदेशकी प्रदेश प्रमुखले असंवैधानिक रूपमा मुख्यमन्त्री नियुक्त गरेको भन्दै बाराको कलैया स्थित भरत चौकमा सात दलका कार्यकर्ताहरूले आज विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शनका क्रममा प्रदर्शनकारीहरूले “प्रदेश प्रमुखलाई बर्खास्त गर”, “मुख्यमन्त्रीको असंवैधानिक नियुक्ति खारेज गर”, “संविधानको रक्षा गर” जस्ता नाराबाजी गर्दै सरकारविरुद्ध विरोध जनाएका थिए।

सात दलका साझा ब्यानरअन्तर्गत गरिएको प्रदर्शनमा दलका केन्द्रीय र स्थानीय नेताहरूको उपस्थिति रहेको थियो। वक्ताहरूले संविधानको मर्म र भावना विपरीत गरिएको मुख्यमन्त्री नियुक्तिलाई लोकतान्त्रिक अभ्यासमाथिको आक्रमण बताएका छन्।

उनीहरूले प्रदेश प्रमुखको तत्काल बर्खास्ती र संविधानअनुसार नयाँ सरकार गठनको माग गर्दै आन्दोलनलाई अझ सशक्त रूपमा अघि बढाउने चेतावनी पनि दिएका छन्।

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close