भारतीय कारको ठक्करबाट मोटरसाइकल चालक घाइते ,कारलिएर चालक फरार

कलैया : बाराको कलैया स्थित अमित आयल अगाडीको सडक खण्डमा गत शुक्रबार दिउसो एक भारतिय कारले एक नेपाली नम्बरको मोटसाईकललाई ठक्कर फरार भएको छ ।
बीरगञ्ज बाट कलैया तर्फ मधेश प्रदेश ०३ –०२८ प ६१४८ नम्बरको मोटरसाईकललाई सोही दिशाबाट आईरहेको भारतिय नम्बरको बि.आर.०१ पि.एम.०६६२ कारले ठक्कर दिई फरार भएको हो।कारको ठक्कर बाट मोटरसाईकल चालक गम्भिर घाईते भएका छन।
गम्भिर घाईते हुनेमा मोटरसाईकल चालक बारा कलैया उपमहानगरपालिका वडा नम्बर १७ ब्रहम्पुरी निवासी २७ बर्षिय अख्तर हवारी रहेका छन ।
कारको ठक्कर बाट उनको टाउको,हात खुटृामा चोट लागेको उनका आफन्त समसुदिन हवारीले बताएका छनउनलाई उपचारको लागि आर्शिबाद अस्पताल कलैयामा भर्ना गरिएको थियो ।
दुई दिनको उपचार पशचात उनी आईतबार घर फर्किएका छन। मोटरसाईकललाई ठक्कर दिई चालक कार सहित फरार भएका थिए।
उनको खोजतलाश भईरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।






