आर्थिक विवादमा मुछिएपछि सप्तरीका एसपी खतिवडाको जिम्मेवारी खोसियो


१० असार, काठमाडौं । आर्थिक विवादमा मुछिएपछि जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रमुख तथा एसपी ढकेन्द्र खतिवडाको जिम्मेवारी खोसिएको छ ।

प्रहरी प्रधान कार्यालयको सोमबार निर्णय अनुसार सप्तरी प्रमुखको जिम्मेवारीबाट हटाउँदै उनलाई बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको छ ।

प्रहरी प्रधान कार्यालयका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले पनि खतिवडामाथि केही बुझ्नु पर्ने भएकाले बागमती प्रदेश प्रहरी कार्यालयमा सरुवा गरिएको पुष्टि गरे ।

खतिवडाको ठाउँमा प्रहरी हेडक्वाटरकै युएन शाखामा कार्यरत एसपी गौतम केसीलाई पठाइएको छ । उनी पनि यसअघि धादिङबाट तानिएका थिए । अनलाइन खबर बाट

आफ्नो प्रतिक्रिया दिनुहोस

Back to top button
Close